भूमिहीनलाई निवेदन दिन आव्हान, सरकारले जग्गा उपलब्ध गराउने
जीविको
२०७९ फागुन ४ गते ११:५४
राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने उद्देश्यका साथ निवेदन माग गरेको छ । आयोगले सातै प्रदेशका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकाहरूलाई व्यवस्थापन गर्ने उद्देश्यले जग्गा माग गर्नका लागि सूचना प्रकाशन गरेको छ ।
निवेदन आगामी चैत्र ९ गतेसम्म दिन सकिने छ । निवेदन फाराम आफ्नो स्थानीय तहको वडा कार्यालयबाट भर्न सकिने आयोगले बताएको छ ।
सूचना तथा थप जानकारीका लागि : LINK
जीविको
२०७९ फागुन ४ गते ११:५४
प्रतिक्रिया
सम्बन्धित