अवसर : लोकसेवा आयोग सुदूरपश्चिमले माग्यो ९८ कर्मचारी

जीविको २०७९ माघ २७ गते १६:४२

प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम धनगढी कैलालीले विभिन्न पदमा गरी ९८ कर्मचारीको माग गरेको छ । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवातर्फ सहायक चौथो तहका अप्राविधिक पदका लागि खुला तथा समावेशी समुहका कर्मचारीको माग गरेको हो । 

सहायक प्रशासन र सहायक लेखापालन प्रशासन लेखामा खुला तर्फ ५५ जनाको माग गरेको छ । समावेशी समुह तर्फ सहायक प्रशासनमा १५ महिला, १८ आदिवासी जनजाति, ७ मधेसी, २ दलित, र थारु\ रानाथारु समुदायबाट १ जनाको माग गरेको आयोगले बताएको छ ।    

आवेदन फागुन १७ गतेसम्म दिन सकिने छ,भने दोब्बर दस्तुर तिरेर फागुन २४ गतेसम्म दिन सकिने छ । आवेदन www.ppsconline.sudurpashchim.gov.np बाट अनलाइन दिन सकिनेछ । आवेदन फारामसँगै नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, समावेशी समुह महिला, आदिवासी जनजाति , मधेसी, दलित, पिछडिएको क्षेत्रको हकमा स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित भएको प्रमाण पत्र बुझाउनु पर्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।  दरखास्त दस्तुर ३ सय रुपैयाँ लाग्ने छ । समावेशी समुहका हकमा भने थप १ सय ५० रुपैयाँ लाग्ने छ । कर्मचारी छनोट लिखित, कम्प्युटर सीप परिक्षण र अन्तर्वार्ताबाट गरिने आयोगले बताएको छ ।  

थप जानकारीका लागि ०९१५२७६०० मा सम्पर्क गर्न सकिन्छ भने, www.psc.sudurpashchim.gov.np  , [email protected] मा बुझ्न सकिने छ ।  

सूचना हेर्न  LINK 

 

                                  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *