अवसर : स्टार्ट अपका लागि रिभाम्प नेपालले प्रदर्शनी गर्दै, यसरी गर्न सकिन्छ रजिष्ट्रेशन

जीविको २०७९ माघ २० गते १६:२३

रिभाम्प नेपालले माघ २८ गते काठमाडौं ठमेल छायाँ सेन्टरमा हुन लागेको रि- यूनाइटिङ नेपाली ब्रान्ड प्रदर्शनीका लागि स्टार्ट अप (नव प्रवर्द्धन ) उद्यमीहरूबाट स्टल माग गरेको छ । नेपाली स्टार्टअप र व्यवसायहरूलाई दर्शक र साझेदारहरूको व्यापक सञ्जालसम्म पुग्न मद्दत गर्ने साथै नेपाली उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले सो कार्यक्रम गर्न लागिएको रिभाम्पका सह सञ्चालक सुरजराज पाण्डेले बताए ।   

कार्यक्रममा सहभागि हुन चाहने उद्यमीले निश्चित शुल्क तिरेर स्टल राख्न सक्नेछन् । कार्यक्रममा भाग लिनको लागि माघ २२ गतेसम्म रजिष्ट्रेसन गर्न सकिनेछ । रजिष्ट्रेसन गराउन साथै अन्य जानकारीका लागि www.revampnepal.com वा ९७४९३२७८७५ मा सम्पर्क गर्न सकिनेछ । 

नेपाली उद्यमी इकोसिस्टम, समुदाय, स्टार्ट अप र व्यवसायलाई सहयोग, पोषण र सशक्तीकरण गर्ने उद्देश्यका साथ सुरु गरिएको रिभ्याम्प नेपालले यसअघि ४ वटा संस्करण सफलतापूर्वक आयोजना गरिसकेको छ । 

 “यस अघि  ६५ भन्दा बढी नेपाली स्टार्ट अप र व्यवसायहरू हामीसँग जोडिएका थिए । यस संस्करणमा पनि ७ हजार भन्दा बढी सहभागीहरू हुने अपेक्षा छ,” सुरजले बताए । 

कार्यक्रमलाई नबिल बैङ्क साथै फिनिक्स कलेज अफ म्यानेजमेन्ट जस्ता संस्थाले सहयोग गरेका छन् ।             

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *