अवसर : नेपाली सेनाले माग्यो विभिन्न पदमा ४६ कर्मचारी

जीविको २०७९ माघ २० गते ११:०५

सैनिक कल्याणकारी निर्देशनालय, बलाध्यक्ष विभाग, जंगी अड्डाले विभिन्न पदमा गरी ४६ जना कर्मचारीको आवेदन माग गरेको छ । जंगी अड्डाले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, भण्डारखाल र  नेपाली सेना कृषि विज्ञान संस्थान, लमजुङको लागि कर्मचारी माग गरेको हो ।  

आवेदन आउँदो फागुन ३ गतेसम्म बुझाउँन सकिने छ । आवेदन फाराम, आवश्यक योग्यता तथा छनौट प्रक्रिया र पदहरू बारे बुझ्न www.nepalarmy.mil.np  मा हेर्न सकिने प्रकाशित सूचनामा उल्लेख गरिएको छ । सफाईकर्मी (दैनिक ज्यालादारी) पदको दरखास्त फाराम सैनिक अस्पताल, नेपालगञ्जमा बुझाउन सकिन्छ भने, बाँकी सबै पदका लागि सैनिक कल्याणकारी निर्देशनालय, भद्रकालीमा आवेदन दिन सकिने जंगी अड्डाले बताएको छ ।        

थप जानकारीका लागि  ०८१५६५३१२ वा ०१४२२५९४३ मा सम्पर्क गर्न सकिने छ । 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *