अवसर : विभिन्न पदमा मेड नेपालले माग्यो कर्मचारी आवेदन
मल्टिडाइमेन्सनल एक्सन फर डेभलपमेन्ट (मेड नेपाल) ले विभिन्न पदमा कर्मचारीको माग गरेको छ । मेड नेपालले टिम लिडर, वित्तिय प्रबन्धक, बजार मूल्याङ्कन विज्ञ, प्रातीय पर्यावरण विशेषज्ञ, प्रादेशिक लैङ्गिक तथा समाज विज्ञ, कृषि खरिद विशेषज्ञ, ग्रामीण वित्त विशेषज्ञ लगायतका पदका लागि कर्मचारीको माग गरेको हो ।
आवेदन पुष २९ गतेसम्म दिन सकिने छ । आवेदन [email protected] मा आफ्नो व्यक्तिगत विवरण र आफूले काम गर्न चाहेको पद खुलाएर पठाउन सकिने छ । मेड नेपाल जीविकोपार्जन र पोषणको अवस्था सुधारका लागि सम्बन्धित सरोकारवालाहरूसँग मिलेर काम गर्ने राष्ट्रिय संस्था हो । संस्थाले समुदायमा सामाजिक परिचालन आर्थिक सशक्तिकरणको, विपत जोखिम न्यूनिकरण, वातावरण पर्यटन, जल स्वच्छता जस्ता क्षेत्रमा काम गर्दै आएको छ भने नेपालका करिब ३५ जिल्लामा कृषि क्षेत्रको उत्पादन र बजारिकरण विकासमा संस्थाले टेवा पुर्याउँदै आएको छ ।
संस्थाले खुलाएका पदहरूका लागि छुट्टा छुट्टै शैक्षिक योग्यता तथा अनुभवको माग गरेको छ । काम गर्नुपर्ने ठाउँ साथै आवेदनका लागि आवश्यक कागजातहरू थाह पाउन हेर्नुहोस् सूचना : NOTICE