अवसर : कृषि विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको माग
कृषि विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतको पदका लागि आवेदन माग गरेको छ । बैंकले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागेको हो ।
व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको, चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैङ्किङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, सङ्गठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा दश वर्षको कार्यअनुभव हासिल गरेको, नेपाल राष्ट्र बैंकबाट प्रमुख कार्यकारी अधिकृतको लागि तोकेको योग्यता तथा मापदण्ड पुरा भएकाले आवेदन दिन सक्ने बैंकले बताएको छ ।
आवेदन आउँदो माघ १५ गतेभित्र बैंकको मुख्य कार्यालय काठमाडौं स्थित कम्पनी सचिवालयमा दिन सकिने छ । आवेदन फारामसँगै शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण (Biodata) र २ प्रति पासपोर्ट साईजको फोटो तथा व्यावसायिक कार्ययोजना खामबन्दी गरी पेश गर्नुपर्नेछ । खामबन्दी प्रस्तावको खाम बाहिर “कृषि विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन ( व्यावसायिक कार्ययोजना ) ” उल्लेख गरेको हुनुपर्ने छ । व्यवसायिक कार्ययोजना ( Business Plan) (५ हजार शब्दमा नबढ्ने गरी) कृषि विकास बैंक सम्बन्धी तोकिए बमोजिमको ढाँचामा तयार गरेर ४ प्रति ( Soft Copy) सहित) पेश गर्नु पर्ने प्रकाशित सूचनामा उल्लेख गरिएको ।
प्रमुख कार्यकारी अधिकृतको लागि मासिक ४ लाख रुपैयाँ र कार्यसम्पादनमा आधारित प्रोत्साहन रकम तथा अन्य सुविधाहरू प्रदान गरिनेछ ।
थप जानकारीका लागि ०१-४२६४०१६,९८५१३२२९९० मा सम्पर्क गर्न सकिन्छ,भने www.adbl.gov.np मा गएर पनि बुझ्न सकिने छ ।
सूचना हेर्नका लागि: LINK