अवसर: बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कर्मचारी माग
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालले विभिन्न पदमा गरी ५३ जना कर्मचारीको माग गरेको छ । अस्पतालले कन्सल्टेन्ट, रजिष्ट्रार, टेक्निसियन, स्टाफ नर्स लगायतका कर्मचारीको माग गरेको हो ।
आवेदन आउँदो माघ १२ गतेसम्म दिन सकिने छ, भने दोब्बर दस्तुर तिरेर माघ १८ गतेसम्म दिन सकिने सूचनामा उल्लेख गरिएको छ । आवेदन फाराम www.bpkmch.org.np बाट डाउनलोड गरेर भर्न सकिने छ । दरखास्त फारामसँगै नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिलिपि, चारित्रिक प्रमाणपत्र वा उमेर खुलेको प्रमाणपत्रको प्रतिलिपि, विदेशी शिक्षण संस्थाबाट प्रमाणपत्र पाएका उम्मेदवारहरूको हकमा समकक्षताको प्रतिलिपि, प्राविधिक (स्वास्थ्य) सेवा अन्तर्गतका पदका लागि सम्बन्धित व्यवसायिक परिषद्मा दर्ता भएको प्रमाणपत्र बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनको कार्यालयमा बुझाउनु पर्ने अस्पतालले बताएको छ ।
कर्मचारी छनोट लिखित तथा अन्तर्वार्ताबाट हुनेछ । परीक्षा दस्तुर पाँचौं तहको लागि ४ सय, सातौँ तहको लागि १ हजार, नबौं र दसौं तहको लागि १ हजार २ सय, एघारौं तहको लागि १ हजार ५ सय रुपैयाँ लाग्ने छ भने । दरखास्त रकम कृषि विकास बैंक लिमिटेडको बीपी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनको खाता नम्बर ०५०८६०११७३४७२०१२ मा जम्मा गरी रसिद बुझाउनु पर्नेछ ।
सूचना हेर्नका लागि: LINK