मध्यपुर थिमी नगरपालिकमा कर्मचारी माग, यसरी दिन सकिन्छ आवेदन
मध्यपुर थिमी नगरपालिका नगर कार्यपालिकाको कार्यालय मध्यपुर थिमी, भक्तपुरले विभिन्न पदको लागि आवेदन माग गरेको छ । नगरपालिकाले पशु चिकित्सक, नगर प्रहरी सहायक निरीक्षक, सर्वेक्षक, भारी सवारी चालक, दूत कार्य सहयोगी र कार्यालय सहयोगी गरी १७ जना कर्मचारीको माग गरेको हो ।
आवेदन पुष २७ गतेसम्म दिन सकिने छ । आवेदन फाराम www.madhyapurthimimun.gov.np बाट डाउनलोड गरेर भर्न सकिन्छ, भने नेपाली नागरिकताको प्रमाणपत्र, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र तालिम वा अनुभव भए सोको कागजात र ३ प्रति पासपोर्ट साइजको फोटो, भारी सवारी चालकको हकमा सम्बन्धित क्षेत्रको सवारी चालक अनुमतिपत्रको प्रमाणित प्रतिलिपि आवेदन फारामसँगै बुझाउनु पर्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
दरखास्त दस्तुर अ आठौँको लागि १ हजार रुपैयाँ, सहायक स्तर पाँचौको लागि ७ सय रुपैयाँ र अन्य पदका लागि ५ सय रुपैयाँ लाग्ने छ । दस्तुर नगरपालिकाको राजस्व शाखामा वा नेपाल बैंक लिमिटेडमा रहेको आन्तरिक राजस्व खाता नम्बर ग.१.१२३३०३०००००१००१०००००१ मा जम्मा गर्नु पर्ने नगरपालिकाले बताएको छ ।
हेर्नुहोस् सूचना