स्वरोजगार बन्न चाहनेहरुका लागि अवसर !
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउने निशुल्क एक हप्ते उद्यमशीलता विकास तालिमको आयोजना गर्ने भएको छ । प्रतिष्ठानले बेरोजगार युवाहरूको व्यक्तिगत सक्षमताको मूल्याङ्कन, उपयुक्त व्यवसायको छनोट तथा व्यावसायिक योजना तयार गरी व्यवसाय सुरु गर्न सकुन भन्ने उद्देश्यले तालिमको आयोजना गर्न लागेको हो ।
आवेदन पुष १४ गतेसम्म दिन सकिन्छ । आवेदन फाराम www.iedi.org.np बाट डाउनलोड गरेर भर्न सकिन्छ । प्रशिक्षार्थीको छनोट अन्तर्वार्ताबाट हुने छ भने एसईई वा सोसरह अध्ययन गरेकाले आवेदन दिन सक्नेछन् । सहभागीहरूलाई आवश्यक स्टेसनरी तालिम अवधिको खाजा, हेन्डआउटस आदि प्रतिष्ठानले उपलब्ध गराउने छ ।
प्रतिष्ठानले नवीनतम सोच भएका युवाहरूलाई नयाँ व्यवसायहरू स्थापना तथा सञ्चालन गर्न उद्यमशीलता विकास तालिम सञ्चालन गरिरहेको छ । औद्योगिक व्यवसाय प्रतिष्ठान, योजना शाखाका इश्वरी प्रसाद शर्मा भन्छन्, “सरकारले यसरी प्रत्येक वर्ष बेरोजगार युवालाई स्वरोजगार बनाउने यस किसिमको तालिम कार्याक्रम ल्याउँदै आएको छ । हाम्रो अपेक्षा जति पनि हामीसँग तालिम लिनका लागि आउनुहुन्छ उहाँहरू सीप सिकेर स्वरोजगार बन्नुहुन्छ भन्ने हो ।”
थप जानकारी लागि ५३६१३३९, ५३६१४६९,५३६६१६२ मा सम्पर्क गर्न सकिन्छ भने [email protected] मा इमेल गरेर बुझ्न सकिनेछ ।
हेर्नुहोस् सूचना :