अवसर : शिक्षण अस्पताल, महाराजगञ्जमा कर्मचारी माग
त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्जले विभिन्न पदमा करार कर्मचारीको माग गरेको छ । अस्पतालले मुख्य प्राविधिक सहायक (फार्मेसी)मा ५ , मुख्य प्राविधिक सहायक (प्याथोलोजी)मा ३ , मुख्य प्राविधिक सहायक (बायोमेडिकल टेक्निसियन)मा १ र मुख्य प्राविधिक सहायक – जनस्वास्थ्य (हेल्थ असिस्टेन्ट)मा ४ जनाको माग गरेको हो ।
आवेदन पुष २१ गतेसम्म दिन सकिन्छ । आवेदन फारामसँगै एसएलसी/एसईईदेखि माथिका सम्पूर्ण शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मु.प्रा.स. (प्याथोलोजी) र मु.प्रा.स. (हेल्थ असिस्टेन्ट) को हकमा नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, मु.प्रा.स (फार्मेसी) को हकमा नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, मु.प्रा.स. (बायोमेडिकल टेक्निसियन) को हकमा मान्यता प्राप्त संस्थाबाट BMET उत्तीर्ण गरेको प्रमाणपत्र, विदेशमा अध्ययन गरेकाहरूले शैक्षिक योग्यताको समकक्षता निर्धारण गरिएको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको २ प्रति फोटो र हिमालयन बैंक महाराजगञ्जमा रहेको अस्पतालको खाता नं. ००२००५५३६५००१८ मा आवेदन दस्तुर बापत एकहजार पाँच सय रुपैयाँ जम्मा गरेको सक्कल बैंक भौचर पेश गर्नुपर्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ । कर्मचारी छनोट लिखित परीक्षाबाट हुने अस्पतालले बताएको छ ।
हेर्नुहोस् सूचना