विपन्न लक्षित छात्रवृत्तिका लागि आवेदन माग
विश्वविद्यालय अनुदान आयोग उच्च शिक्षामा विशिष्टता प्रबर्द्धन कार्यक्रम सानोठिमी, भक्तपुरले विपन्न लक्षित छात्रवृत्तिको लागि आवेदन खुलाएको छ । आयोगले आर्थिक वर्ष २०७९/८० का लागि सरकारी वा सामुदायिक विद्यालयबाट कक्षा १२ अध्ययन पूरा गरी स्नातक तह प्रथम वर्ष / पहिलो सेमेष्टरमा अध्ययनरत आर्थिक रूपले विपन्न विद्यार्थीहरूबाट छात्रवृत्ति आवेदन माग गरिएको हो ।
आवेदन पुष ३० गतेसम्म दिन सकिने छ । सम्बन्धित विद्यार्थी वा सम्बन्धित ब्यक्तिले आफ्नो प्रयोगकर्ता संकेत नम्बर ( USER ID) अनुसार आयोगको वेबसाइट www.ugcnepal.edu.np को गृहपृष्ठमा रहेको गरिब लक्षित छात्रवृत्ति कार्यक्रम (Poverty Targeted Scholarship Program) को लिंकमार्फत् आवेदन दिन सकिने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
थप जानकारीको लागि ०१-६६३८५४८, ६६३८५४९, ६६३८५५० सम्पर्क गर्न सकिन्छ भने [email protected] , [email protected] मा ईमेल गरेर पनि बुझ्न सकिन्छ ।
हेर्नुहोस् सूचना: