सीप विकास तालिम केन्द्र बागमतीमा सीप सिक्ने अवसर, यसरी दिन सकिन्छ आवेदन
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र बागमती प्रदेश, गजुरी, धादिङले निःशुल्क ३६ महिने आधारभूत व्यावसायिक तथा सीपमूलक तालिमका लागि आवेदन खुलाएको छ । केन्द्रले विद्युत जडान तह, प्लम्बिङ तह, ब्युटिसियन तह, मोबाइल मर्मत तह, एडभान्स सिलाइकटाइ, कम्प्युटर अपरेटर तहमा गरी जम्मा १ सय जनालाई तालिम दिन लागेको हो । कम्प्युटर अपरेटर तह का लागि एसईई,एसएलसी उत्तीर्ण हुने पर्ने छ भने अरु तालिमका लागि कक्षा ८ उत्तीर्ण हुनु पर्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
आवेदन पुष ६ गतेसम्म केन्द्रको कार्यालयमा गएर दिन सकिन्छ । आवेदन फारामसँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो ४ प्रति र एडभान्स तालिमको हकमा सीप परिक्षण तह १ वा आधारभुत तालिम सम्पन्न गरेको प्रमाणपत्रको प्रतिलिपि बुझाउनु पर्ने केन्द्रले बताएको छ ।
तालिमका सहभागि छनौटको लिखित प्रयोगात्मक प्रवेश परीक्षा र अन्तर्वार्ताबाट गरिने छ । तालिम अवधि भर न्यूनतम खाजा भत्ताको व्यवस्था भएको केन्द्रले बताएको छ । तालिममा दलित, जनजाति, आदिवासी, शहीद परिवार, विपन्न महिला र प्रवेशिका परीक्षा अनुत्तीर्ण भएकालाई विशेष प्राथमिकता दिइने छ ।
थप जानकारीका लागि ०१० ४०२०५३ मा सम्पर्क गर्न सकिन्छ ।
हेर्नुहोस् सूचना