निःशुल्क सीप विकास तालिमको अवसर ( आवेदन दिने प्रक्रिया सहित )  

जीविको २०७९ मंसिर १८ गते १२:३१

‘निःशुल्क सीप सिकौं आत्मनिर्भर बनौ’ भन्ने मूल नाराका साथ व्यावसायिक तथा सीप विकास तालिम केन्द्र गण्डकी प्रदेश, पोखराले बिभिन्न १२ विषयमा ३ महिने ( ३९० घण्टा )  निःशुल्क तालिममा सहभागीताका लागि आव्हान गरेको छ । जसमा कम्प्युटर हार्डवेयर, कपाल काट्ने, मन्टेश्वरी, कुक, फेसन डिजाइन, बुटिक डिजाइन, एडभान्स पार्लर, आधारभूत ब्युटीपार्लर, मोबाइल मर्मत, प्लम्बिङ्ग, विद्युत जडान रहेका छन्  ।         

मंसिर २९ गतेभित्र नागरिकता र एकप्रति पासपोर्ट साइजको फोटो र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि सहित आवेदन फारम भर्नु पर्ने  प्रकाशित सूचनामा उल्लेख गरिएको छ । आवेदन फाराम www.vsdc.gandaki.gov.np  बाट डाउनलोड गरी भर्न सकिन्छ । दलित, अपाङ्ग, शहीद परिवार, विपन्न, द्वन्द्व पीडित, कोभिड प्रभावित, वैदेशिक रोजगारबाट फर्किएका र एकल महिलालाई विशेष प्राथमिकता दिइने केन्द्रले बताएको छ । प्रशिक्षार्थी छनोट अन्तर्वार्ताबाट हुने छ । 

त्यस्तै स्थानीय स्तरमा पनि ३ महिने आधारभूत कटाई सिलाई र आधारभूत ब्युटी पार्लरको तालिम सञ्चालन गरिने हुँदा केन्द्रले स्थानीय स्तरको तालिमको लागि पनि आवेदन माग गरेको छ । 

स्थानीय तहमा सञ्चालन गरिने तालिमको लागि नगरपालिका, गाउँपालिका वा वडा कार्यालयबाट प्रस्ताव माग गर्न सकिनेछ । तालिम सञ्चालन सम्बन्धी प्रस्ताव फाराम व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखराबाट निःशुल्क रुपमा पाइने छ । तालिम सञ्चालनका लागि तालिम सामाग्री, तालिम उपकरण र सम्बन्धित विषयको प्रशिक्षक उपलब्ध गराइने सूचनामा उल्लेख गरिएको छ । प्रशिक्षार्थीहरूसँग कुनैपनि किसिममा शुल्क नलिइने केन्द्रले जनाएको छ ।    

थप जानकारीका लागि: ९८४६२१७५०० र ९८५६०८१००४ मा सम्पर्क गर्न सकिने छ ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *