अवसर : बेलायत सरकारले खुलायो महिला नेतृत्व परामर्श कार्यक्रमका लागि आवेदन
बेलायत सरकारले महिला नेतृत्व परामर्श कार्यक्रम २०२३ मा भाग लिनको लागि आवेदन खुला गरेको छ । महिला नेतृत्व परामर्श कार्यक्रमको दोस्रो संस्करण अनुरूप १ वर्षको लागि बेलायत सरकारले परामर्श कार्यक्रम सुरुवात गर्न लागेको हो । आवेदन आगामी पुष १५ गतेसम्म दिन सकिनेछ । आवेदन मध्येबाट छनोटमा परेका उम्मेदवारहरूले काठमाडौँस्थित महिला राजदूत वा एजेन्सी प्रमुखबाट परामर्श लिने अवसर पाउनेछन् ।
सो कार्यक्रमबाट सहभागिले नेतृत्व वृद्धि, करियर विकास गर्ने किसिमका परामर्शहरू पाउने छन् । सहभागीहरूले सान्दर्भिक मुद्दाहरूमा छलफलहरूमा भाग लिन र उपयोगी सञ्जाल निर्माण गर्न अनुमति दिन, एक वा एक भन्दा बढी दूतावासहरू / एजेन्सीहरू द्वारा आयोजित सान्दर्भिक घटनाहरू र बैठकहरूमा सामेल हुन पाउनेछन् । त्यस्तै अन्तर्राष्ट्रिय महिला दिवसको दिन सहभागीलाई एक साथ भेला गराएर महिलाको नेतृत्वको उत्सव गराउने जस्ता कार्यक्रममा सहभागि हुन पाउनेछन् ।
कार्यक्रममा कसरी भाग लिने ?
- आवेदकले आफ्नो १ मिनेटको भिडियो (अधिकतम) पठाएर, युट्युबमा वा गुगल ड्राइभमा अपलोड गरेर आवेदन दिनुपर्ने छ र Participate in a women’s leadership mentoring Programme 2023! (office.com) यस च्यानलमार्फत लिङ्क पठाउनुपर्ने छ ।
- यस कार्यक्रममा भाग लिन चाहने कारण, भविष्यको आकाङ्क्षाहरू के हुन्, र यो कार्यक्रमले आफ्नो क्यारियर विकास गर्न कसरी मद्दत गर्न सक्छ भन्ने विषयमा भिडियो बनाउनुपर्ने छ ।
- ल्यान्डस्केप (तेर्सो) मोडमा भिडियो गर्नुपर्ने छ । हो हल्ला नहुने ठाउँमा गएर भिडियो छायांकन गर्नुपर्ने छ । भिडियो राम्रोसँग उज्यालो हुनुपर्छ र सहभागीलाई स्पष्ट रूपमा देखाउनुपर्छ । भिडियो अङ्ग्रेजी भाषामा हुनुपर्ने छ ।
थप जानकारीका लागि [email protected] मा सम्पर्क गर्न सकिने छ ।