नेपाल रेल्वेमा कर्मचारी माग, आवेदन यसरी दिनुहोस्

जीविको २०७९ मंसिर ११ गते ११:५५

नेपाल रेल्वे कम्पनी लिमिटेड केन्द्रिय कार्यालय जनकपुरधाम धनुषाले विभिन्न १० प्राविधिकको माग गरेको छ । कम्पनीले ४ रेल चालक, ४ स्टेसन मास्टर, १ ट्रयाक इन्जिनियर र १ एयर कन्डिसनर इन्जिनियरको माग गरेको हो । कम्पनीले सेवा करारमा लिन नेपाली नागरिकहरूलाई भर्ती गर्न लागेको हो ।

आवेदन मंसिर २६ गते सम्म  ९८०३७०१३७१ मा फोन गरेर दिन सकिने प्रकाशित सूचनामा उल्लेख गरिएको छ । 

रेल चालकको लाइसेन्स प्राप्त गरी कम्तिमा ५ वर्ष अनुभव भएकाले रेल चालकमा, स्नातक तह उत्तीर्ण गरि कम्तिमा ५ वर्षको कार्य अनुभव भएकाले स्टेसन मास्टरमा , सिभिल इन्जिनियरिङ विषयमा डिप्लोमा वा सो सरह उत्तीर्ण गरी कम्तिमा ३ वर्ष कार्य अनुभव भएकाले ट्रयाक इन्जिनियरमा र एयर कन्डिसनर इन्जिनियरका लागि इलेक्ट्रिकल वा एयर  कन्डिसनर विषयमा डिप्लोमा उत्तीर्ण गरी ३ वर्ष कार्यअनुभव भएकाले एयर कन्डिसनर इन्जिनियर टेक्निसियनमा आवेदन दिन सक्नेछन् । कर्मचारीको सेवा सुविधा कम्पनीको नियम अनुसार हुने लिमिटेडले जनाएको छ ।       

हेर्नुहोस् सूचना

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *