अवसर : त्रि .बि. शिक्षण अस्पतालमा २५ स्टाफ नर्स माग
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले २५ स्टाफ नर्सको आवेदन माग गरेको छ । अस्पतालले अस्थाई दरबन्दीमा आन्तरिक श्रोतबाट तलब भत्ता उपलब्ध गराउने गरी करार स्टाफ नर्सको माग गरेको हो ।
आवेदन मंसिर १५ गते सम्म दिन सकिन्छ । www.iom.edu.np मा लग ईन गरेर अनलाइन आवेदन दिन सकिने अस्पतालले बताएको छ । त्रिभुवन विश्वविद्यालय वा यस संस्थाबाट मान्यता प्राप्त संस्थाबाट नर्सिङ्ग विषयमा प्रमाणपत्र तह वा बी एससी नर्सिङ्ग उत्तीर्ण गरेकाले आवेदन दिन सक्नेछन् भने पुरुषको हकमा ४० वर्ष र महिलाको हकमा ४५ वर्ष ननाघेकाले आवेदन दिन सक्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
आवेदन दिन १ हजार ५ सय रुपैयाँ दस्तुर लाग्नेछ । दस्तुर हिमालयन बैंकको खाता नम्बर ००२००५५३६५००१८ जम्मा गर्नु पर्नेछ । आवेदन फाराम सँगै दस्तुर तिरेको सक्कल भौचर, एसएलसी उत्तीर्ण गरेको मार्कसिट, पि पिसिएल, बि एस्सी नर्सिङ्ग उत्तीर्ण गरेको मार्कसिट,पासपोर्ट साइजको फोटो सामेल गर्नुपर्ने छ । आवेदकको परीक्षा लिखित हुनेछ भने नतिजा अस्पतालको वेबसाइटमा प्रकाशित गरिने छ ।
हेर्नुहोस् सूचना