३० भन्दा बढी पदमा युवा संस्था संजालले माग्यो आवेदन
नेपाल युवा संस्था संजाल (आयोन) ले ३० भन्दा बढी पदको लागि कर्मचारीको आवेदन माग गरेको छ । आयोनले कर्णाली, लुम्बिनी र मधेश प्रदेशमा २८ जना स्रोत व्यक्ति तथा युवा परिचालक, मानव श्रमसाधन सहयोगी १ जना, सञ्चार तथा डकुमेन्टेसन अधिकृत १ जना साथै आईटी अधिकृत १ जनाको माग गरेको हो ।
स्रोत व्यक्ति तथा युवा परिचालकको हकमा न्यूनतम शैक्षिक योग्यता प्लस टु उत्तीर्ण गरेको हुनुपर्ने छ, भने सार्वजनिक स्वास्थ्य र युवा विकासमा १ वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने आयोनले जनाएको छ ।
आवेदनबाट छनोटमा परेकाहरूले नगरपालिका स्तरमा स्थानीय युवा समूहहरूको मूल्याङ्कन गर्ने, गठन गर्ने स्थानीय कार्यान्वयन साझेदारहरू र नगरपालिकाहरूसँग मिलेर काम गर्ने ।
युवा समूहहरूलाई स्थानीय तहमा दर्ता गराउन प्राविधिक सहयोग उपलब्ध गराउने जस्ता काममा सहभागि हुनुपर्ने छ । त्यस्तै मानव संसाधन सहयोगीको हकमा सम्बन्धित क्षेत्रमा ३ वर्षको अनुभव साथै न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ । मानव संसाधन सहयोगीले कर्मचारी छनोट तालिम र विकास लगायतका विभिन्न मानव संसाधन र कार्यहरूमा सहयोग प्रदान गर्ने ।
समग्र मानव संसाधन रणनीतिको योजना बनाउने र मानव संसाधन नीति र प्रक्रियाहरू सिर्जना गर्न र कार्यान्वयन गर्न सहयोग गर्ने काम गर्नपर्ने छ । सञ्चार र दस्तावेज अधिकृतको हकमा वित्तिय व्यवस्थापनमा न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने आयोनले जनाएको छ ।
त्यस्तै आईटी अफिसरको हकमा आईटी वा कम्प्युटर विज्ञानमा स्नातक तह उत्तीर्ण गरेको साथै सूचनामा र प्रविधिको क्षेत्रमा राम्रो ज्ञान भएकाले आवेदन दिन सक्नेछन् ।आवेदन मङ्सिर १४ गतेभित्र दिन सकिन्छ । आवेदन [email protected] बाट वा आयोनको कार्यालय काठमाडौं नयाँ बानेश्वरमा भौतिक रूपमा उपस्थित भएर दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।
युवाको क्षेत्रमा डेढ दशकदेखि सक्रिय युवा संस्थाहरूको संजाल हो, आयोन । आयोनले युवा शशक्तिकरण, वकालत गर्दै सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुबीच युवा सरोकारका विषयमा समन्वयकारी भूमिका खेल्दै आएको छ । पूरा सूचना हेर्नका लागि NOTICE