अवसर : नेपालस्थित अमेरिकी दूतावासले माग्यो युवा काउन्सिल सदस्यको आवेदन

जीविको २०७९ कार्तिक २४ गते १५:३६

युनाइटेड स्टेट्स एम्बेसी युथ काउन्सिल (USYC) ले आगामी सन् २०२३ का लागि ५५ जना युवा काउन्सिल सदस्यहरूको आवेदन माग गरेको छ । 

यूएस मिसनले समुदायमा महत्वपूर्ण समस्याहरू समाधान गर्न साथै नेतृत्व कौशल विकास गर्न मद्दत पुगोस् भनी USYC लाई विकास र मार्गनिर्देशक कार्यक्रमको रूपमा अगाडि सारेको हो ।  

काउन्सिलका सदस्यहरूले सदस्यता अवधिभर, सामुदायिक संलग्नता भएका परियोजनाहरूमा काम गर्नु पर्ने छ भने आवश्यक रणनीतिक कार्यक्रमहरूमा भाग लिन पाउनेछन् । आफ्नो सदस्यता अवधिभरि, काउन्सिल सदस्यहरू नेटवर्किङ अवसरहरूमा भाग लिन समेत पाउने व्यवस्थापक संस्था वि इन्सपायर नेपालले बताएको छ । 

 काउन्सिल सदस्यहरूका लागि आगामी डिसेम्बर १० तारिखसम्म आवेदन दिन सकिनेछ । 

आवेदन दिन चाहनेले USYC को वेबसाइट http://www.usycn.org/ मा गएर निवेदन दिन सक्नेछन् । 

काठमाडौँस्थित अमेरिकी दूतावासले USYC कार्यक्रम व्यवस्थापन गर्न गैर नाफामूलक संस्था वी इन्सपायर नेपाल (WIN) सम्झौता गरेको छ ।  सदस्यहरू छनोट गर्दा सीमान्तकृत र न्यून प्रतिनिधित्व भएका समुदायका आवेदकहरूलाई प्राथमिकता दिइने आयोजकले बताएको छ । 

कसले आवेदन दिन सक्छ?

–  २० देखि ३० वर्ष उमेर समूहका नेपाली नागरिक ।

– आवेदकहरू एक वर्षको लागि काउन्सिलमा सक्रिय संलग्नताको लागि प्रतिबद्ध हुन इच्छुक हुनुपर्ने छ । 

–   न्यूनतम स्नातक तहको प्रमाणपत्र हासिल गरेको । 

  आवेदन दिइसकेपछि प्रारम्भिक चरण बन्द हुनेछ, अमेरिकी दूतावास र वि इन्सपायर नेपालले दोस्रो चरणमा जानका लागि बलियो उम्मेदवारहरूलाई सिफारिस गर्नेछ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *