प्रमाणपत्र तहको प्रवेश परीक्षा सीटीईभीटीले पुनःसञ्चालन गर्ने
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले प्रमाणपत्र तह शैक्षिक कार्यक्रमको पुनः प्रवेश परीक्षा सञ्चालन गर्न लागेको हुँदा आवेदन माग गरेको छ । शैक्षिक सत्र २०७९/०८० सञ्चालन हुने प्रमाणपत्र तहका पूर्ण शुल्किय तर्फ फार्मेसी, सामान्य चिकित्सा र नर्सिङ बाहेकका स्वास्थ्य तर्फका कार्यक्रमहरूमा खुलाएको सिटहरू रिक्त भएपछि प्रवेश परीक्षा पुनः लिने भएको परिषदले बताएको छ ।
आवेदन दिने विद्यार्थीले यही आउँदो कार्तिक २७ गते भित्र आवेदन फारम भर्नुपर्ने छ । परिषद् कार्यालयबाट औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रम सञ्चालन अनुमति प्राप्त आङ्गिक, साझेदार तथा टीसीएस सामुदायिक विद्यालयहरूमा प्रशिक्षार्थी छनोट गरी भर्ना लिई तोकिएको कोटाभित्र आवेदन भराउन निर्देशन दिएको छ ।
थप जानकारीको लागि www.ctevtexam.org.np मा गएर हेर्न सकिनेछ ।
हेर्नुहोस् सूचना :