जापानले वैदेशिक रोजगार मेला गर्दै, यसरी निःशुल्क सहभागी हुन सकिन्छ

जीविको २०७९ कार्तिक १७ गते ११:५६

जापानको अध्यागमन सेवा विभागले  वैदेशिक रोजगारीका लागि जापान जान चाहने कामदारलाई लक्षित गर्दै वैदेशिक रोजगार मेला २०२२ को आयोजना गर्ने भएको छ ।  विभागले आउँदो मंसिर १० र ११ गते भर्चुअल माध्यमबाट नि:शुल्क रुपमा कार्यक्रमको आयोजना गर्न लागेको हो।  

कार्यक्रममा विषेशगरि नर्सिङ केयर व्यवसाय, भवनको सरसफाइ, निर्माण उद्योग, जहाज निर्माण र समुद्री उद्योग, अटोमोबाइल मर्मत सम्भार उद्योग, औद्योगिक मेसिनरी, विद्युत, इलेक्ट्रोनिक, सूचना सम्बन्धी उद्योग, उड्डयन उद्योग, आवास उद्योग, कृषि, माछा व्यवसाय, खाद्य पदार्थ उद्योग र रेष्टुरेन्ट लगायतका क्षेत्रका बारेमा छलफल गरिने  छ ।   

मेलामा विशेष सीप प्रणाली र रोजगारदाता कम्पनीका बारेमा छलफल गरिने भएकोले मेलालाई फलदायी बनाउने आयोजकको उद्देश्य रहेको छ ।  

कार्यक्रममा जापानी समय अनुसार बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म अनलाइन जुम वेबिनारमार्फत् सञ्चालन हुने छ । सहभागि हुनको लागि  https://info-tokuteiginou.com  मा गाई इन्ट्री गर्न सकिन्छ । कामदारले आफ्नो विवरण दिएपछि आयोजकले इमेलमार्फत मेलामा सहभागी हुने सक्ने लिंक र अन्य विवरण पठाउने छ ।  मेलामा जापानमा रोजगारी गर्न चाहनेले रोजगार मेलामा आएका जापानीज कम्पनीहरूसँग प्रत्यक्षरूपमा  कम्पनीले काम गर्ने क्षेत्र साथै कम्पनीका बारेमा बुझ्न सक्नेछन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *