सिटीइभिटीले प्राविधिक शिक्षामा भर्ना खुलायो

जीविको २०७९ असोज २६ गते १५:२८

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटीइभिटीले शैक्षिक सत्र २०७९-८० का लागि डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्य कार्यक्रमहरूमा पूर्ण शुल्किय तर्फ उत्तीर्ण परीक्षार्थीहरूका लागि भर्ना आवेदन माग गरेको छ ।

परिषद्ले डिप्लोमा तथा प्रमाणपत्र तह अन्तर्गतका प्रमाणपत्र तह सामान्य चिकित्सा, डिप्लोमा इन फार्मेसी, प्रमाण पत्र तह नर्सिङका लागि भर्नाको आवेदन माग गरेको हो । परिषद्ले आइटिएमसमा अनलाइन इन्ट्री भइ पूर्ण शुल्किय तर्फको स्वास्थ्य तर्फको प्रवेश परीक्षामा सहभागी भएका सबै प्रदेशका परीक्षार्थीहरूले प्राप्त गरेको प्राप्ताङ्कको योग्यताका आधारमा छनोट गरि विद्यार्थी भर्ना गर्न लागेको छ । परीक्षार्थीहरूले यही असोज ३१ गतेभित्र सम्बन्धित विद्यालय वा सम्बन्धित परिषद्को प्रदेश कार्यालयमा सम्पर्क गर्न प्रकाशित सूचनामा उल्लेख गरिएको छ । 

साथै परीक्षार्थीले www.ctevtexam.org.np मा राखिएको नतिजा सिट संकलन गरि निवेदन दर्ता गराउनु पर्ने परिषद्ले जानकारी गराएको छ । निवेदन निशुल्क दिन पाइने छ । निवेदन फारमसँगै परीक्षार्थीले फोटो सहितको प्रवेशपत्रको प्रतिलिपि, प्रवेश परीक्षामा परीक्षार्थीले प्राप्त गरेको नतिजाको प्रतिलिपि, एसीई वा एसएलसी वा प्राविधिक एसएलसीको शैक्षिक योग्यताको प्रतिलिपि र परीक्षार्थीले निवेदन पेस गर्नुपर्ने छ । 

परिषद्ले निवेदन दर्ताका लागि मेडिकल इन्स्टिच्युट लाहान सिराहा, सहिद रामवृक्ष यादव प्राविधक प्रतिष्ठान गौशाला महोत्तरीमा डिप्लोमा इन फार्मेसी, नेपाल कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्स वीरगञ्ज पर्सामा प्रमाणपत्र तह नर्सिङ, श्री महेन्द्र नारायण निधी मेमोरियल स्वास्थ्य सहकारी संस्था लिमिटेड नयाँबस्ती जोरपाटी काठमाडौंमा प्रमाणपत्र तह नर्सिङ, श्री च्छो रोल्पा जनरल अस्पताल चरिकोट दोलखामा प्रमाण पत्र तह नर्सिङ र नवजीवन कलेज धनगढी कैलालीमा प्रमाणपत्र तह नर्सिङको आवेदन दिन सकिने छ  ।

परिषद्ले नर्सिङ कोटाका लागि ५ वटा वर्गीकृत छात्रवृति छुट्याएको छ भने जेहनदार १ जनालाई पनि परिषद्ले छात्रवृति प्रदान गर्ने छ । साथै सामान्य चिकित्सा तथा फार्मेसीका लागि ४० कोटमा ३ वर्गीकृत तथा १ जेहनदार विद्यार्थीलाई छात्रवृति छुट्याएको परिषद्ले जनाएको छ ।

हेर्नुहोस् सूचना

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *