स्वास्थ्य बीमा बोर्डले माग्यो २७ कर्मचारी
स्वास्थ्य बीमा बोर्ड टेकु, काठमाडौँले २७ जना करार कर्मचारीको लागि आवेदन माग गरेको छ । जसमा हेल्थ इकोनोमिक्स, मेडिकल अधिकृत, आईटी डेभलपर, चार्टर एकाउन्टेन्ड, नर्सिङ अधिकृत (जनरल), फार्मेसी अधिकृत, ल्याब टेक्नोलोजिस्ट, जनस्वास्थ अधिकृत, स्वास्थ्य शिक्षा अधिकृत, एक्च्युरियन अधिकृत र सूचना प्रविधि सहायक रहेका छन् ।
निवेदन चाहने बोर्डको वेवसाइट www.hib.gov.np बाट फारम डाउनलोड गरि भर्न सक्नेछन् । फारमसँगै शैक्षिक योग्यता तथा अनुभव प्रमाण पत्रहरूको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्र समावेश गरि आगामी असोज ७ गतेभित्र बुझाइसक्नुपर्ने बोर्डले जनाएको छ ।
दरखास्त दिनका लागि पदअनुसारको दस्तुर बेग्लाबेग्लै रहेको छ । दस्तुर बुझाउनका लागि आवेदकले राष्ट्रिय वाणिज्य बैङ्क, शाखा कार्यालय टेकु काठमाडौंको बैङ्क खाता नम्बर १०००१००२०००१०००० राजस्व शीर्षक नम्बर १४२२४ कार्यालय कोड नम्बर ३७०३१३५०१ मा दस्तुर बुझाइ नगद जम्मा गरिएको सक्कल भौचर आवेदन फारमसँगै पेश गर्नुपर्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
थप जानकारीको लागि ०१-४१००२२३ मा सम्पर्क गर्न सकिन्छ ।
हेर्नुहोस् सूचना