राष्ट्रिय वाणिज्य बैंकले माग्यो ११ जना चार्टर्ड एकाउन्टेन्ट
राष्ट्रिय वाणिज्य बैंकले ११ जना चार्टर्ड एकाउन्टेन्टको लागि आवेदन माग गरेको छ । बैंकले एक वर्षे करार अवधिको लागि कर्मचारी माग गरेको हो । चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेकाहरूले आउँदो असोज ३ गते सम्ममा आवेदन दिन सकिने बैंकले प्रकाशित सूचनामा उल्लेख गरेको छ ।
दरखास्त फाराम www.rbb.com.np को notice भित्र career notice बाट प्रिन्ट गरी भर्न सकिन्छ । आवेदन फाराम बैंकको केन्द्रिय कार्यालय मानव संसाधन विभागमा गएर बुझाउनु पर्नेछ । फारमसँगै नेपाली नागरिकताको प्रतिलिपि दरखास्त दिने पदका लागि तोकिएका शैक्षिक योग्यताका प्रमाणपत्रहरू र पासपोर्ट साइजको फोटो अनिवार्य समावेश गर्नुपर्ने छ ।
परीक्षा दस्तुर ७ सय रुपैयाँ बैंकले तोकेको र दस्तुर बैंकको कर्पोरेट शाखा (१८५ ) मा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड नामको खाता नम्बर : १८५०१००००००२८००१ मा जम्मा गर्नु पर्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार वित्तिय विवरणहरूको विश्लेषण सम्बन्धी अनुभव, सम्बन्धी कार्य अनुभव र कर्जा सम्बन्धी कार्य अनुभव भएकालाई प्राथमिकता दिइनेछ । अन्तर्वार्ताको पाठ्यक्रम बैंकको वेबसाइट www.Rbb.com.np को notice भित्र career notice मा राखिएकोछ ।
थप जानकारीको लागि ०१ ४२५२५९५ एक्सटेन्सन ३५४९ र ३५४८ मा सम्पर्क गर्न सकिने छ ।
हेर्नुहोस् सूचना