तत्थ्याङ्क विभागले माग्यो ५० जना कोडर/इडिटर
केन्द्रीय तत्थ्याङ्क विभागले करारमा ५० जना कोडर इडिटरका लागि आवेदन माग गरेको छ । कृषि गणना २०७८ को लगत प्रसोधन कामका लागि उक्त आवेदन माग गरिएको हो । न्यूनतम स्नातक तह उत्तीर्ण गरेका साथै १६ वर्ष पूरा भइ ३५ वर्ष उमेर ननाघेकाहरूले उक्त पदका लागि आवेदन दिन सक्नेछन् ।
विभागले आवेदन दिने अन्तिम मिति २०७९ भदौ २७ गतेलाई तोकेको छ । आवेदन दिन चाहनेले ५ सय रुपैयाँ दस्तुर तिरेर भौचर सहित नागरिकताको प्रतिलिपि, चारित्रिक प्रमाणपत्रको प्रतिलिपि साथै ट्रान्सक्रिप्टको प्रतिलिपि समावेश गर्नुपर्ने छ । यसअघि कृषि गणना २०७८ मा गणकको रूपमा काम गरिसकेका आवेदकलाई विशेष प्राथमिकता दिइने छ । छनोट भएका कोडरहरूले केन्द्रीय तत्थ्याङ्क विभागकै कार्यलयमा रहेर तोकिएको काम गर्नुपर्ने छ ।
“छनोट भएकाहरूले बढीमा ४ महिना केन्द्रीय तत्थ्याङ्क विभागसँग सहकार्य गरि काम गर्नुपर्ने छ,” केन्द्रीय तत्थ्याङ्क विभागका सूचना अधिकारी मनोहर घिमिरेले बताए ।
छनोट भएका ५० जनालाई सिफ्टमा विभाजन गरेर काममा खटाइने उनले बताए । तत्थ्याङ्क संकलन तथा गणनाको समयमा विभागका जनशक्ति कम पर्ने भएकाले यसरी करारमा कर्मचारी खटाइने गरेको उनले जानकारी दिए।
हेर्नुहोस् सूचना