अवसर: वैदेशिक रोजगार छात्रवृत्ति (आवेदन दिने तरिका)
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा गइ करार अवधि भित्र मृत्यु भएका, अंगभंग भएका वा गम्भिर बिरामी भएका कामदारका बालबालिकालाई वैदेशिक रोजगार छात्रवृतिका लागि आवेदन माग गरेको छ । छात्रवृतिका लागि आफू अध्ययनरत शैक्षिक संस्थामा वैदेशिक रोजगार छात्रवृतिका लागि आगामी असोज मसान्तभित्र आवेदन दिइसक्नुपर्ने छ । विद्यार्थीले आफू अध्ययनरत शैक्षिक संस्थामा छात्रवृति फारम भरेर बुझाउन सक्नेछन्।
मन्त्रालयका अनुसार सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत कक्षा १२ सम्मका बालबालिकालाई छात्रवृति दिइने छ । छात्रवृतिका लागि विद्यार्थीले आफ्नो अभिभावकको श्रम स्वीकृतिको प्रतिलिपि, संरक्षकको नागरिकताको प्रतिलिपि वैदेशिक रोजगारीमा गइ मृत्यु भएका कामदारका मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि, वैदेशिक रोजगार बोर्डबाट आर्थिक साहयता प्राप्त गरेको प्रमाणित हुने कामदारको राहदानीको प्रतिलिपि, वैदेशिक रोजगारमा गइ अशक्त भएका कामदारको पूर्णरूपमा अशक्त भएको खुल्ने प्रमाण पत्र, विद्यार्थीको जन्मदर्ताको प्रतिलिपि, निवेदक र संरक्षकको नाता प्रमाणित हुने प्रतिलिपि र स्थानीय तहको सिफारिस पेस गर्नुपर्ने छ ।
छात्रवृतिका लागि वार्षिक रूपमा आधारभूत तहका लागि ८ हजार रुपैयाँ र माध्यमिक तहका लागि १२ हजार रुपैयाँ वार्षिक प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।
थप जानकारीका लागि श्रम कल सेन्टरको टोल फ्रि नम्बर ११४१ वैदेशिक रोजगार बोर्डको ०१५३२०३११, ४३३ मा सम्पर्क गर्न सकिने छ भने www.fepp.gov.np मा गएर पनि बुझ्न सकिने छ ।
हेर्नुहोस् सूचना: