प्रदेश युवा परिषद् हेटौंडाले खुलायो १ सय ४५ जनाको लागि प्रस्ताव तथा छात्रवृति

जीविको २०७९ जेठ १० गते १६:०७

युवा तथा खेलकुद मन्त्रालय, प्रदेश युवा परिषद् हेटौंडा उद्यम गरिरहेका युवाको लागि सामाग्री खरिद तथा प्राविधिक शिक्षा अध्ययन गरी रहेका विद्यार्थीहरूका लागि छात्रवृत्ति आव्हान गरेको छ ।

परिषद्ले ९५ जना युवा उद्यमीहरूको लागि आवश्यक सामान खरिद गर्न नगद उपलब्ध गराउने छ, भने ५० जना प्राविधिक शिक्षा अध्ययन गरिरहेका सीमान्तकृत , दलित विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था गरेको छ । जस अनुसार युवा परिषद स्वरोजगार कार्यक्रम अन्तर्गत २५ जनालाई ५० हजार, शारीरिक क्षमता कमजोर भएका युवा व्यवसायीलाई सामाग्री सहयोग कार्यक्रम अन्तर्गत २६ जनालाई ५० हजार, युवा महिला उद्यमशीलता प्रबर्द्धन कार्यक्रम अन्तर्गत १३ जनालाई १ लाख, लागत साझेदारीमा आधारित युवा लक्षित कार्यक्रम अन्तर्गत २६ जनालाई ३ लाख, अर्गानिक कृषि उत्पादन साझेदारी तथा प्रोत्साहन कार्यक्रम अन्तर्गत ५ जनालाई ३ लाख र प्राविधिक शिक्षा अध्ययनरत ५० जना दलित सीमान्तकृत विद्यार्थीलाई १ लाख रुपैयाँ प्रदान गरिने परिषदले बताएको छ । अन्य विधाका लागि आउँदो जेठ २१ गते सम्म फारमा बुझाउन सकिने छ भने छात्रवृत्तिको लागि जेठ २७ गते सम्म सम्म फारमा बुझाउन सकिने परिषद्ले जनाएको छ ।

हेर्नुहोस् सूचना

युवाको तथा खेलकुदको क्षेत्रमा लामो समय देखी काम गर्दै आएको परिषदले पहिलो पटक यस्तो कार्यक्रम ल्याएको प्रदेश युवा परिषद्  कार्यालय हेटौंडाका  कार्यालय  प्रमुख रमेश घिमिरे बताउँछन् ।  उनी भन्छन् ” हाम्रो सानो प्रयासले नयाँ उद्यम गर्ने युवाहरूलाई र आर्थिक अभावले गर्दा प्राविधिक शिक्षामा उच्च शिक्षा हासिल गर्न  कठिनाइ  हुनेहरूलाई सहयोग मिलोस् भनेर यस्तो कार्यक्रम ल्याएका हौ । ”

आवेदन दिन चाहनेले सिधै परिषद्को कार्यालयमा सम्पर्क गर्न सकिन्छ भने कार्यालयको वेबसाइट pcy.bagamati.gov.np मा गएर हेर्न सक्ने छन् ।

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *