ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड) ले खुलायो रोजगारीको अवसर
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड) ले ३९ जना कर्मचारीहरूको दर्खास्त आव्हान गरेको छ । जसमा नायब प्राविधिक सहायक (कृषि तर्फ ) २६ जना र नायब प्राविधिक सहायक ( पशुपक्षी \ मत्स्य ) तर्फ १३ जना कर्मचारीको माग गरेको हो ।
आगामी बैशाख १३ गतेसम्म आयोजना निर्देशकको कार्यालय, हरिहरभवन, ललितपुर अथवा सम्बन्धित आर्थिक कोरिडोर कार्यालयहरू –पाख्रिबास धनकुटा, बर्दिबास महोत्तरी, बुटवल रूपन्देही, तुफानडाँडा डडेल्धुरामा गएर लिखित आवेदन दिन सकिनेछ, भने दोब्बर दस्तुर तिरेर बैशाख २० गतेसम्म आवेदन बुझाउन सकिने आयोजनाले जनाएको छ ।
दरखास्त फाराम योजनाको वेबसाइट www.reed.moald.gov.np बाट डाउनलोड गरि भर्न सकिने छ । आवेदन दस्तुर ३ सय रुपैयाँ लाग्नेछ भने एक भन्दा बढी समूहमा आवेदन दिनेको हकमा प्रत्येक समूहको लागि १ सय ५० का दरले नेपाल बैंक लिमिटेड ललितपुर, कोड नम्बर ३१२००३४०८, शाखाको खाता नम्बर ००१०१००००००००१००१००१, राजस्व शीर्षक नम्बर १४२२९ मा रहेको खाता नम्बरमा जम्मा हुने गरि जुनसुकै स्थानको नेपाल बैंक लिमिटेडबाट जम्मा गर्नु पर्नेछ ।
उम्मेदवारले आवेदन फारमका साथ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, दरखास्त बुझाएको बैंक भौचर, समावेशी समूहका लागि स्थानीय तहको सिफारिस पत्र पेश गर्नुपर्नेछ ।
दरखास्त दिने पुरुष १८ वर्षदेखि ३५ वर्षसम्मको हुने पर्नेछ भने महिलाको हकमा पाँच वर्ष थप गरिएको छ । अर्थात १८ देखि ४० वर्षसम्मका महिलाले आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस् सूचना