अकाउन्टिबिलिटी ल्याब नेपालको आर.टि.आईले माग्यो सूचनाको हक सम्बन्धी २ दिने तालिमका लागि आवेदन
अकाउन्टिबिलिटी ल्याब नेपालको आर.टि.आईले २ दिने निःशुल्क युथ क्याम्प तालिमका लागि आवेदन माग गरेको छ । देशभरका युवाहरूलाई सरकारले ल्याएको कार्यक्रम तथा नीति नियमका बारेमा जानकारी दिनका लागि क्याम्पको आयोजना गरिएको हो ।
“देशका कार्यक्रमहरूबारे नागरिक सचेत हुनुपर्छ भन्ने हाम्रो मान्यता छ, त्यसैले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागेका छौँ,” अकाउन्टिबिलिटी ल्याब काठमाडौं शाखाका कार्यक्रम संयोजक छिरिङ तामाङले बताए ।
अकाउन्टिबिलिटी ल्याबका देशभरी रहेका ७ वटा शाखाबाट ३०-३० जना गरि २ सय १० जनालाई तालिम दिइने छिरिङले बताए । इलाम, विराटनगर, काठमाडौं, पोखरा, भैरहवा, सुर्खेत र धनगढीमा रहेको अमेरिकन कर्नरसँगको सहकार्यमा सञ्चालन हुनेछ कार्यशाला विधि, सहजिकरण, छलफलबाट सहभागीहरू र उनीहरूको कामको लागि सबैभन्दा महत्त्वपूर्ण विषयका बारेमा छलफल स सूचनाको हकको अधिकार, सूचनामा पहुँच, र व्यक्तिगत स्वतन्त्रताका सबै पक्षहरू र यसका जटिलताबारे गहन छलफल र अन्तरकृयामा संलग्न हुन अवसरहरू हुनेछ क्याम्पमा नयाँ सिकाइ र सम्बन्धमा विशेष जोड दिने संस्थाले बताएको छ ।
अकाउन्टिबिलिटी ल्याब नेपालमा सूचनाको हकमा नवीन प्रयोग र अध्याय निर्माण गर्दै, सूचनाको हकको बारेमा आफ्नो बुझाइलाई परिष्कृत गर्दै खुला सरकार र सुशासनमा योगदान गरेर समुदायमा सकारात्मक परिवर्तन ल्याउन चाहने युवाहरूको लागि तयार गरिएको एउटा मञ्च हो । तालिमका लागि आवेदन दिने अन्तिम मिति आगामी चैत २७ गते तोकिएको छ । योग्यताका मापदण्डहरू २०–३५ वर्षको उमेर समूहका युवाहरू पछाडि पारिएका तथा सीमान्तकृत वर्गका युवाहरूलाई आवेदन भर्न बढि प्रोत्साहित गरिन्छ । आवेदन
दिन चाहनले https://docs.google.com/…/1FAIpQLSdFYObXORB58w…/viewform मा गएर आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस् सूचना