कोरोनाका कारण विदेशिन रोकिएका विद्यार्थीबाट माग्यो मन्त्रालयले निवेदन

जीविको २०७८ चैत २१ गते १२:१५

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोनाले गर्दा विदेशमा पढ्न जान रोकिएका विद्यार्थीहरूलाई यही चैत २५ गते भित्र मन्त्रालयमा निवेदन दिन आव्हान गरेको छ ।  

कोरोना महामारी र लकडाउनका कारण चीनलगायत देशमा पढ्न गएका विद्यार्थी स्वदेश फर्केर आफ्नो पढाइलाई निरन्तरता दिन नपाएकाहरूले मन्त्रालयमा सम्पर्कमा आउन सूचनामा उल्लेख गरिएको हो । 

 चीनलगायत देशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूले फेरि गएर पठनपाठनलाई निरन्तरता दिने वातावरण बनाइदिन पटकपटक सरकारलाई आग्रह गर्दै आएको हुँदा उनीहरूको समस्या समाधान गर्नको लागि समन्वयकारी भूमिका खेल्ने कार्यक्रमहरू बनाउनका लागि निवेदनको माग गरिएको मन्त्रालयले जनाएको छ ।  

आवेदन दिन चाहने विद्यार्थीले www.moest.gov.np मा राखिएको फाराम डाउनलोड गरी भरेर मन्त्रालयको शिक्षा शाखाको इमेल [email protected]  मा निवेदन दिन सक्नेछन् ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *