वैदेशिक रोजगारीमा जानुअघि थाहा पाउनुपर्ने विषयबारे श्रमिक सञ्जालले तालिम सञ्चालन गर्दै

जीविको २०७८ चैत ९ गते १५:३७

श्रमिक सञ्जाल नेपालले वैदेशिक रोजगारीमा जानुअघि थाहा पाउनु पर्ने कुराहरूको बारेमा पहिलोपटक  एक दिने निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ । आउने चैत १८ गते काठमाडौंमा सञ्जालले उक्त अन्तरक्रियात्मक अभिमुखीकरण तालिम सञ्चालन गर्न लागेको हो । श्रमिक सञ्जाल श्रमिकहरूको लागी श्रमिकद्वारा नै सञ्चालन गरिएको संस्था हो । यस संस्थाले वैदेशिक रोजगारीका क्रममा नेपालीहरूलाई केही समस्या परेमा त्यसको समाधानको लागि समन्वयको काम गर्दै आएको छ ।

वैदेशिक रोजगारीमा जान चाहनेले विदेश जानुभन्दा पहिले के के प्रक्रिया पूरा गर्नुपर्छ र कस्ता कुराहरू ध्यान दिनुपर्छ भन्ने सामान्य तर महत्वपूर्ण विषयहरूमा तालिममा छलफल गरिने सञ्जालले बताएको छ । तालिममा सहभागी हुन चाहनेले   https://bit.ly/bideshjanupahile मा गएर आवेदन दिन सक्नेछन् । आयोजकका अनुसार तालिममा ३० जना सहभागी गराइने छ ।

“वैदेशिक रोजगारीमा नेपालबाट वर्षेनी लाखौँ युवा पुग्छन् तर विदेश जाने प्रक्रिया, काम र रोजगारदाता देशको परिस्थिति नबुझेर हजारौँ श्रमिकले दुःख खेप्नु परेको छ । यही कुरालाई ध्यान दिँदै विदेश जान चाहने युवाहरूलाई गन्तव्य मुलुकमा काम गर्न अप्ठ्यारो नपरोस् भनेर यो तालिम सञ्चालन गर्न लागिएको हो,” श्रमिक सञ्जालका प्रतिनिधि भीम श्रेष्ठ बताउँछन् ।

तालिममा नेपाल बाट विदेश जानको लागी प्रक्रिया (पासपोर्ट बनेदेखि एयरपोर्ट बाट नउडुन्जेल सम्मका प्रक्रियाहरू), भिषा अफरलेटर चेक गर्ने तरिका, अरुसँग ठगिनबाट कसरी बच्न सकिन्छ? वैदेशिक रोजगारीको क्रममा  गर्नै नहुने के के कुराहरू हुन्, साना र ठूला कम्पनी हरू बिचको फरक, एम्बेसी लगायतका आफूलाई काम लाग्ने संस्था कसरी पत्ता लगाउने र कसरी सम्पर्कमा रहने, ठूलाठूला कम्पनीहरूको भर्ना प्रक्रिया कस्तो हुन्छ र आफ्ना कर्मचारीहरूलाई कसरी व्यवस्थापन गर्ने गर्दछन्, विदेशमा अप्ठ्यारोमा पर्दा कुन कुन तरिकाबाट कहाँ र कसलाई सम्पर्क गर्ने, सानो पोस्ट मा काम सुरु गरेर पनि  कसरी पदोन्नति गर्दै अगाडि जान सकिन्छ । वैदेशिक रोजगारीमा जाँदा हामीलाई चाहिने महत्वपूर्ण क्षमता के के हुन् र कसरी तिनलाई कहाँ कहाँ प्रयोग गर्ने लागायतका विषयमा सहभागीलाई अभिमुखीकरण प्रदान गरिने आयोजकले जनाएको छ

जनगणना २०७८ का अनुसार हाल वैदेशिक रोजगारीका लागि करिव २१ लाख मानिस नेपाल बाहिर बस्दै आएका छन् ।

थप जानकारीका लागि : ९८५१३२२८५३

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *