नेपाल खानेपानी संस्थानले खुलायो विभिन्न ४६ पदमा करार कर्मचारी
नेपाल खानेपानी संस्थानले ६ महिनाको लागि विभिन्न ६ पदमा गरी ४६ करार कर्मचारीहरूको दर्खास्त आव्हान गरेको छ । जसमा जुनियर प्लम्बरमा ७ जना, लाइट ड्राइभरमा ७ जना , प्लान्ट एटेन्डेन्टमा १ जना, ल्याब ब्वाईमा ३ जना, हेल्परमा १४ जना र कार्यालय सहयोगी पदमा १४ जना कर्मचारी माग गरेको हो ।
आगामी बैशाख १ गते सम्म खानेपानी संस्थानको कार्यलयमा गएर लिखित आवेदन दिन सकिनेछ । संस्थानले जुनियर प्लम्बर, प्लान्ट एटेन्डेन्ट, ल्याब ब्वाइको हकमा शैक्षिक योग्यता ८ कक्षा पास राखिएको छ भने ७ सय रुपैयाँ दस्तुर तोकेको छ ।
हेर्नुहोस् सूचना
हेल्परको हकमा ५ कक्षा उत्तीर्ण गएको हुनुपर्ने र ६ सय रुपैयाँ दस्तुर लाग्नेछ । लाइट ड्राइभर, कार्यालय सहयोगी पदका लागि सामान्य नेपाली लेखपढ गर्न सक्ने भएको हुनुपर्नेछ भने सो पदको लागि ५ सय रुपैयाँ दस्तुर लाग्नेछ । १८ वर्ष पूरा भइ ४० वर्ष ननाघेको, कुनैपनि अदालतबाट कसुरदार नठहरिएको नेपाली नागरिकले दर्खास्त आवेदन दिन सक्नेछन् ।