राष्ट्रिय भूमि आयोगले माग्यो १ सय ९९ करार कर्मचारी फोटो : भूमि आयोग

जीविको २०७८ फागुन २५ गते १६:१७

राष्ट्रिय भूमि आयोगले ४  महिनाको लागि सर्वेक्षक र अमिन पदमा १ सय ९९ जना कर्मचारीको आवेदन माग गरेको छ । जसमा १ सय २६ जना सर्वेक्षक र ७३ जना अमिनको माग गरिएको हो । सो पदको लागि चैत्र १ गतेभित्र आवेदन दिनसक्ने आयोगले जनाएको छ ।

भूमिहीन सुकुम्बासीको बसोबासका लागि उपयुक्त क्षेत्र छनोट गर्न तथा भूमि व्यवस्थापन सम्बन्धी काम अगाडि बढाउँन कर्मचारीको माग गरिएको भूमि आयोगका प्रमुख नापी अधिकृत जनकराज भट्टले जानकारी दिए ।

हेर्नुहोस् सूचना

गणित विषयमा कम्तिमा एसएलसी वा सो सरह उत्तीर्ण गरी सर्भे (survey) वा जिवमाटिक (geomatics ) विषय लिई कम्तिमा ३ वर्षे प्रविणता प्रमाण पत्र तह सरहको डिप्लोमा उत्तीर्ण वा विज्ञान भौतिक विज्ञान समुह ) वा भूगोल विषय लिइ प्रमाण पत्र तह वा १० +२ वा सो सरह उत्तीर्ण गरी कम्तिमा १ वर्षको जुनियर नापी तालिम गरेकाले सर्वेक्षक पदमा र  गणित विषयमा कम्तिमा एसएलसी मा सि ग्रेड प्राप्त गरेको वा सर्भे (survey) वा जिवमाटिक (geomatics) विषयमा कम्तिमा १ वर्षको तालिम लिएकाले अमिन पदमा आवेदन दिन सक्नेछन् । आयोगका अनुसार सर्वेक्षक पदका कर्मचारीले मासिक ३२ हजार रुपैयाँ तलब सुविधा पाउने छन् भने अमिन पदका कर्मचारीले मासिक २८ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासको आवास तथा भूमि माथिको पहुँच र स्वामित्व स्थापित गराइ देश बाट भूमिहीनको अन्त्य, भूमिको महत्तम उपयोग  एवं न्यायपूर्ण भूमि व्यवस्था स्थापित गर्न योगदान गर्ने उद्देश्यले सरकारले २०७८ भाद्र २५ मा राष्ट्रिय भूमि आयोग गठन गरेको हो । आवेदकले www.nlc.gov.np   बाट फाराम डाउनलोड गरेर दरखास्त दिन सक्नेछन् ।सर्वेक्षक पदको लागि ४ सय रुपैयाँ र अमिन पदको लागि ३ सय रुपैयाँ दस्तुर लाग्ने आयोगले जनाएको छ भने दरखास्त फाराम ताहाचलस्थित राष्ट्रिय भूमि आयोगको कार्यालयमा बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *