विगत ५ वर्षमा सरकारको शिक्षामा लगानी

जीविको २०७८ फागुन ३ गते १७:३९

शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ १ खर्ब ७१ अर्ब ७१ करोड २२ लाख बिनियोजन गर्‍यो जुन विगत ४ वर्षयताको सबैभन्दा धेरै बजेट हो । कुल बिनियोजित बजेटमध्ये ११.६४ प्रतिशत बजेट शिक्षा क्षेत्रका लागि छुट्याइएको थियो । यो वर्ष भने १ खर्ब ७८ अर्ब २० करोड बजेट बिनियोजन गरिएको छ जुन कुल बजेटको १०.९१ प्रतिशत मात्र हो । अन्तर्राष्ट्रिय मान्यता अनुसार कुल बजेटको २० प्रतिशत रकम शिक्षा क्षेत्रका लागि बिनियोजन हुनुपर्दछ । शिक्षा क्षेत्रमा सरकारले गरेको लगानी न त व्यवहारिक छ न रोजगारमूलक केन्द्रित नै छ । जसका कारण धेरै युवाहरू नेपालमा पढेर कुनै सीप तथा ज्ञान प्राप्त गरिन्छ भन्ने कुरामा विश्वस्त छैनन् ।

पूरा समाचारका लागि: https://www.jibiko.com/2022/02/942/

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *