देशका १३ जिल्लामा ९०० जनाका लागि निःशुल्क सीप तालिम, कृषकका लागि पनि छुट्टै अवसर
केयरगिभर, बारिस्ता, बेकरी, कुकिङ, कम्प्युटर, इलेक्ट्रिसियन, प्लम्बिङ, गाडी मर्मत, सिलाइकटाइदेखि च्याउ उत्पादनसम्मका तालिम; केहीमा दैनिक खाजा भत्ता पनि
काठमाडौं। सीप सिकेर रोजगारी गर्ने वा आफ्नै व्यवसाय सुरु गर्ने सोचमा हुनुहुन्छ भने देशका विभिन्न जिल्लामा निःशुल्क सीपमूलक तालिमका अवसर खुलेका छन्।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका शिक्षालय, स्थानीय सरकार र प्रदेश सरकारका व्यावसायिक तथा सीप विकास तालिम केन्द्रहरूले विभिन्न विषयमा निःशुल्क तालिम सञ्चालन गर्न आवेदन माग गरेका छन्।
दशवटा निकायले सार्वजनिक गरेका सूचनाअनुसार देशका १३ जिल्लाका विभिन्न स्थानमा कुल ९०० जनाका लागि निःशुल्क सीपमूलक तालिमको अवसर छ। यसका अतिरिक्त नुवाकोटमा कृषकस्तरीय तालिमका लागि पनि आवेदन खुलाइएको छ।
गण्डकी प्रदेशमा सबैभन्दा बढी ३६० जनाका लागि तालिमको अवसर छ भने चितवनमा मात्रै तीनवटा प्राविधिक शिक्षालयले २४० जनालाई निःशुल्क तालिम दिने कार्यक्रम सार्वजनिक गरेका छन्।
काठमाडौंमा १००, धनुषामा ८०, भोजपुरमा ६०, काभ्रेपलाञ्चोकमा ४० र भक्तपुरमा २० जनाका लागि तालिमको अवसर छ।
तालिमका विषयहरूमा केयरगिभर, बारिस्ता, बेकरी, कुकिङ, हाउसकिपिङ, कम्प्युटर, इलेक्ट्रिसियन, प्लम्बिङ, मोटरसाइकल तथा हलुका सवारी मर्मत, ब्युटिसियन, सिलाइकटाइ, मन्टेश्वरी, कार्पेन्टर, आल्मुनियम फेब्रिकेटर, टायल मार्बल फिक्सर, च्याउ उत्पादन र ग्रामीण पशु स्वास्थ्यलगायत छन्।
कतिपय तालिमका लागि सामान्य लेखपढ गर्न सक्ने व्यक्तिले पनि आवेदन दिन पाउँछन्। केही शिक्षालयले कम्तीमा १६ वर्ष उमेर पुगेका व्यक्तिलाई आवेदन दिन सक्ने व्यवस्था गरेका छन्।
तालिमको अवधि विषयअनुसार फरक छ। अधिकांश तालिम ६५ दिन अर्थात् ३९० घण्टा वा तीन महिनाका छन् भने केही तालिम १५ र ४५ कार्यदिनका पनि छन्। केही संस्थाले प्रशिक्षार्थीलाई उपस्थितिका आधारमा दैनिक ५० देखि ७५ रुपैयाँसम्म खाजा भत्ता तथा आवश्यक तालिम सामग्रीसमेत निःशुल्क उपलब्ध गराउने जनाएका छन्।
१. चितवनमा तीन शिक्षालयबाट २४० जनालाई निःशुल्क तालिम
भरतपुर बहुप्राविधिक शिक्षालयमा १०० जनालाई तालिम
भरतपुर महानगरपालिका–२३, जगतपुरस्थित भरतपुर बहुप्राविधिक शिक्षालयले होटल तथा आतिथ्य सेवा क्षेत्रसँग सम्बन्धित चार विषयमा १०० जनालाई निःशुल्क सीपमूलक तालिम दिने भएको छ।
| तालिम | सिट |
|---|---|
| बारिस्ता, तह–१ | ४० |
| बेकरी, तह–१ | २० |
| कुकिङ (कमिस थ्री), तह–१ | २० |
| हाउसकिपिङ, तह–१ | २० |
चारवटै तालिमको अवधि ६५ दिन अर्थात् ३९० घण्टा हुनेछ।
कम्तीमा १६ वर्ष उमेर पूरा भएका र सामान्य लेखपढ गर्न सक्ने नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।
इच्छुक व्यक्तिले नेपाली नागरिकताको एक प्रति प्रतिलिपि र पासपोर्ट साइजका दुईवटा फोटोसहित शिक्षालयको प्रशासन शाखामा आवेदन बुझाउनुपर्नेछ। फाराम बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म प्राप्त गर्न सकिनेछ।
आवेदनको अन्तिम मिति : मंसिर २२ गते।
अन्तर्वार्ता : मंसिर २४ गते।
सम्पर्क : ९८५५०७१९५९, ९८५५०१२९४५
इमेल : [email protected]
माडीमा केयरगिभरसहित ८० जनालाई तालिम
चितवनको माडी–६ स्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयले चार विषयमा ८० जनालाई निःशुल्क तालिम दिन पुनः आवेदन माग गरेको छ।
- केयरगिभर तह–१ : २० जना
- ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तह–१ : २० जना
- प्लम्बर तह–१ : २० जना
- बिल्डिङ इलेक्ट्रिसियन तह–१ : २० जना
तालिमको अवधि ३९० घण्टा अर्थात् ६५ दिन हुनेछ।
सम्बन्धित तालिमको पाठ्यक्रममा तोकिएको न्यूनतम योग्यता पुगेका व्यक्तिले नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजका दुईवटा फोटोसहित शिक्षालयमा आवेदन दिन सक्नेछन्।
यसअघि आवेदन दिइसकेका व्यक्तिले पुनः आवेदन दिनुपर्ने छैन।
आवेदनको अन्तिम मिति : मंसिर १४ गते, कार्यालय समयभित्र।
अन्तर्वार्ताको मिति र समय पछि सार्वजनिक गरिनेछ।
नारायणी बहुप्राविधिक शिक्षालयमा ६० जनालाई तालिम
भरतपुरस्थित नारायणी बहुप्राविधिक शिक्षालयले श्रम बजारमा मागमा आधारित तीन विषयमा ६० जनालाई निःशुल्क सीपमूलक तालिम दिने भएको छ।
- इन्डस्ट्रियल इलेक्ट्रिसियन तह–१ : २० जना
- आल्मुनियम फेब्रिकेटर तह–१ : २० जना
- टायल मार्बल फिक्सर तह–१ : २० जना
तालिमको अवधि ३९० घण्टा अर्थात् ६५ दिन हुनेछ।
कम्तीमा १६ वर्ष उमेर पूरा भएका, सामान्य लेखपढ गर्न सक्ने र सम्बन्धित पाठ्यक्रममा तोकिएको योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।
आवेदकले यसअघि सम्बन्धित व्यवसायमा तालिम लिई राष्ट्रिय सीप योग्यताको प्रमाणपत्र प्राप्त नगरेको हुनुपर्नेछ। तालिम अवधिभर कम्तीमा ९० प्रतिशत हाजिर हुनुपर्नेछ।
आवेदनको अन्तिम मिति : मंसिर २५ गते।
अन्तर्वार्ता : मंसिर २८ गते, बिहान ११ बजे।
सम्पर्क : ०५६–४९३३१६
वेबसाइट : https://npictevt.edu.np
२. गण्डकी प्रदेशका सात जिल्लामा ३६० जनालाई निःशुल्क तालिम
पोखरास्थित तालिम केन्द्रबाट १६० जनालाई अवसर
गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखराले आठवटा समूहमा १६० जनालाई निःशुल्क तालिम दिने भएको छ।
कास्की, स्याङ्जा, नवलपुर र तनहुँका विभिन्न स्थानमा तालिम सञ्चालन हुनेछन्।
| तालिम | सञ्चालन तथा आवेदन क्षेत्र |
|---|---|
| कार्पेन्टर | तालिम केन्द्र, पोखरा |
| प्लम्बिङ | वालिङ नगरपालिका, स्याङ्जा |
| विद्युत जडान | मध्यविन्दु नगरपालिका, नवलपुर |
| एडभान्स कटाइ–सिलाइ | गैँडाकोट नगरपालिका, नवलपुर |
| एडभान्स कटाइ–सिलाइ | लेखनाथ उद्योग वाणिज्य संघ, कास्की |
| कपाल काट्ने (सेलुन) | पोखरा–३० तथा लेखनाथ क्षेत्र |
| आधारभूत ब्युटिपार्लर | एकीकृत सेवा कार्यालय, नवलपुर |
| प्लम्बिङ | शुक्लागण्डकी नगरपालिका, तनहुँ |
प्रत्येक तालिम समूहमा २० जना सहभागी हुनेछन्। तालिमको अवधि तीन महिना अर्थात् ३९० घण्टा हुनेछ।
आवेदन दिन १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। अधिकांश तालिमका लागि कम्तीमा कक्षा ८ उत्तीर्ण र एडभान्स कटाइ–सिलाइका लागि आधारभूत कटाइ–सिलाइ तालिम पूरा गरेको हुनुपर्नेछ।
दलित, अपाङ्गता भएका व्यक्ति, शहीद परिवार, विपन्न, द्वन्द्वपीडित, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति तथा एकल महिलालाई विशेष प्राथमिकता दिइनेछ।
इच्छुक व्यक्तिले नागरिकताको प्रतिलिपि, एक प्रति फोटो र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिसहित सम्बन्धित तालिम सञ्चालन तथा आवेदन संकलन गर्ने स्थानमा आवेदन दिन सक्नेछन्।
आवेदनको अन्तिम मिति : मंसिर २४ गते।
सम्पर्क : ०६१–४५०५११
इमेल : [email protected]
पर्वत, बागलुङ र म्याग्दीमा २०० जनालाई तालिम
पर्वतको कुश्मास्थित व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले १० वटा समूहमा २०० जनालाई निःशुल्क तालिम दिने भएको छ।
| तालिम | सञ्चालन स्थान | अवधि |
|---|---|---|
| आधारभूत कटाइ–सिलाइ | कुश्मा, पर्वत | ३ महिना |
| आधारभूत कम्प्युटर | कुश्मा, पर्वत | ३ महिना |
| कुक | बागलुङ बजार | ३ महिना |
| एडभान्स कटाइ–सिलाइ | ढोरपाटन, बागलुङ | ३ महिना |
| कपाल काट्ने (सेलुन) | बेनी, म्याग्दी | ३ महिना |
| बुटिक डिजाइन | बेनी, म्याग्दी | ३ महिना |
| प्लम्बिङ | जलजला, पर्वत | ३ महिना |
| आधारभूत कटाइ–सिलाइ | फलेवास–८, पर्वत | ४५ कार्यदिन |
| मिनिटिलर (ट्याक्टर मर्मत) | कुश्मा–१२, पर्वत | १५ कार्यदिन |
| दुग्धजन्य पदार्थ उत्पादन तथा प्रशोधन | कुश्मा बजार | १५ कार्यदिन |
प्रत्येक तालिममा २० जना सहभागी हुनेछन्।
आवेदकले सम्बन्धित तालिमका लागि तोकिएको उमेर र शैक्षिक योग्यता पूरा गरेको हुनुपर्नेछ। एडभान्स कटाइ–सिलाइका लागि तीनमहिने आधारभूत कटाइ–सिलाइ तालिम पूरा गरेको प्रमाणपत्र आवश्यक पर्नेछ।
आर्थिक तथा सामाजिक रूपमा विपन्न, एकल महिला, दलित, द्वन्द्वपीडित, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति, कोभिड प्रभावित तथा सम्बन्धित पेसा व्यवसायमा संलग्न व्यक्तिलाई प्राथमिकता दिइनेछ।
तालिममा उपस्थित भएको दिन प्रशिक्षार्थीलाई दैनिक ७५ रुपैयाँ खाजा भत्ता उपलब्ध गराइनेछ।
आवेदनको अन्तिम मिति : मंसिर २८ गते।
आवेदन सम्बन्धित तालिम सञ्चालन स्थानमा वा तालिम केन्द्रको वेबसाइटमा उपलब्ध अनलाइन सेवामार्फत दिन सकिनेछ।
वेबसाइट : https://vsdtcparbat.gandaki.gov.np
३. काठमाडौंको नागार्जुनमा १०० जनालाई तालिम
नागार्जुन नगरपालिका वडा नम्बर १० को कार्यालयले पाँच विषयमा २०/२० जनाका दरले १०० जनालाई निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ।
- सहायक ब्युटिसियन
- सिलाइकटाइ
- मन्टेश्वरी
- ग्रामीण पशु स्वास्थ्य सहायक कार्यकर्ता
- बेमौसमी तरकारी उत्पादक
तालिमको अवधि ३९० घण्टा अर्थात् ६५ दिन हुनेछ।
कम्तीमा १८ वर्ष उमेर पुगेका व्यक्तिले आवेदन दिन सक्नेछन्। अधिकांश तालिममा सामान्य लेखपढ गर्न सक्ने योग्यता आवश्यक छ भने मन्टेश्वरी तालिमका लागि एसएलसी तह पास गरेको हुनुपर्नेछ।
नागरिकताको एक प्रति प्रतिलिपि र पासपोर्ट साइजका तीनवटा फोटोसहित वडा कार्यालयमा आवेदन दिनुपर्नेछ।
आवेदनको अन्तिम मिति : मंसिर १५ गते।
आवेदन बुझाउने स्थान : नागार्जुन नगरपालिका वडा नम्बर १० को कार्यालय।
४. धनुषामा च्याउ उत्पादनसहित ८० जनालाई निःशुल्क तालिम
धनुषाको सपहीस्थित बीपी स्मृति बहुप्राविधिक शिक्षालयले चार विषयमा ८० जनालाई निःशुल्क सीपमूलक तालिम दिने भएको छ।
| तालिम | सिट | न्यूनतम योग्यता |
|---|---|---|
| ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता | २० | कक्षा ८ उत्तीर्ण |
| इन्डस्ट्रियल इलेक्ट्रिसियन | २० | कक्षा ५ उत्तीर्ण |
| सहायक प्लम्बर | २० | सामान्य लेखपढ |
| च्याउ उत्पादक | २० | सामान्य लेखपढ |
तालिमको अवधि ३९० घण्टा हुनेछ।
आवेदन दिन कम्तीमा १६ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ। यसअघि राष्ट्रिय सीप परीक्षण समितिको कुनै पनि पेसासँग सम्बन्धित तह–१ को सीप परीक्षणमा सहभागी नभएको हुनुपर्नेछ।
तालिममा उपस्थित भएको दिन दैनिक ५० रुपैयाँ खाजा भत्ता उपलब्ध गराइनेछ। स्टेसनरीलगायत आवश्यक तालिम सामग्री पनि निःशुल्क उपलब्ध गराइनेछ।
आवेदनको अन्तिम मिति : मंसिर १७ गते।
आवेदन बुझाउने स्थान : बीपी स्मृति बहुप्राविधिक शिक्षालय, सपही, धनुषा।
सम्पर्क व्यक्ति : निलेश यादव, ९८५४०२५५१६
वेबसाइट : https://www.bpmpi.edu.np
५. भोजपुरमा इलेक्ट्रिसियन, प्लम्बर र पशु स्वास्थ्य तालिम
भोजपुर नगरपालिका–६, देउरालीस्थित सुम्निमा बहुप्राविधिक शिक्षालयले तीन विषयमा ६० जनालाई निःशुल्क तालिम दिने भएको छ।
- जुनियर बिल्डिङ इलेक्ट्रिसियन : २० जना
- सहायक प्लम्बर : २० जना
- ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता : २० जना
तीनवटै तालिम ३९० घण्टा अर्थात् ६५ दिनका हुनेछन्।
इलेक्ट्रिसियनका लागि कम्तीमा कक्षा ५ उत्तीर्ण, सहायक प्लम्बरका लागि सामान्य लेखपढ र ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताका लागि कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ।
प्रशिक्षार्थीलाई दैनिक उपस्थितिका आधारमा नियमानुसार खाजा भत्ता उपलब्ध गराइनेछ।
आवेदनको अन्तिम मिति : मंसिर २४ गते, कार्यालय समयसम्म।
आवेदकहरूको अन्तिम नामावली मंसिर २५ गते प्रकाशित हुनेछ। तालिम सुरु हुने मिति सोही दिन सार्वजनिक गरिनेछ।
सम्पर्क : ९८५२०५२२५६, ९८५२०५२४४६
वेबसाइट : https://www.spi.edu.np
६. काभ्रेमा ४० जनालाई गाडी र मोटरसाइकल मर्मत तालिम
काभ्रेपलाञ्चोकको पनौती प्राविधिक शिक्षालयले दुई विषयमा ४० जनालाई निःशुल्क तालिम दिने भएको छ।
मोटरसाइकल सर्भिस मेकानिक तह–१ र लाइट भेहिकल सर्भिस मेकानिक तह–१ मा २०/२० जनालाई सहभागी गराइनेछ।
तालिमको अवधि ६५ दिन अर्थात् ३९० घण्टा हुनेछ।
१६ वर्ष पूरा भएका र सामान्य लेखपढ गर्न सक्ने नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।
तालिममा उपस्थित भएको दिन दैनिक ५० रुपैयाँ खाजा खर्च उपलब्ध गराइनेछ। दुवै विषयमा सीप परीक्षणसमेत हुने सूचनामा उल्लेख छ।
आवेदनको अन्तिम मिति : मंसिर २२ गते।
अन्तर्वार्ता : मंसिर २८ गते, बिहान १०:३० बजे।
सम्पर्क : ०११–४४०२५०, ९८५१३३०२६४
वेबसाइट : https://www.pts.edu.np
७. भक्तपुरमा बारिस्तासहित पाँच विषयमा तालिम
सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रभित्रका विपन्न तथा बेरोजगार व्यक्तिका लागि मागमा आधारित निःशुल्क सीप विकास तालिम सञ्चालन गर्ने भएको छ।
तालिमका विषयहरू:
- सिलाइकटाइ
- एडभान्स ब्युटिसियन
- बारिस्ता
- मन्टेश्वरी
- एडभान्स सेल्स पर्सन
नगरपालिकाको सूचनाअनुसार कुल सहभागी संख्या २० जना तोकिएको छ।
आवेदक सूर्यविनायक नगरपालिकाको स्थायी बासिन्दा हुनुपर्नेछ। उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको तथा तालिमको प्रकृतिअनुसार कम्तीमा कक्षा ८ उत्तीर्ण भएको हुनुपर्नेछ।
यसअघि सम्बन्धित विषयमा आधारभूत तालिम लिएका व्यक्तिलाई प्राथमिकता दिइनेछ।
आवेदनको अन्तिम मिति : मंसिर १५ गते।
आवेदन बुझाउने स्थान : सूर्यविनायक नगरपालिका, श्रम, रोजगार तथा पर्यटन प्रवर्द्धन शाखा।
८. नुवाकोटका कृषकका लागि पनि छुट्टै तालिमको अवसर
बागमती प्रदेश सरकारअन्तर्गत कृषि विकास कार्यालय, नुवाकोटले कृषकस्तरीय तालिममा सहभागी हुन दोस्रोपटक आवेदन माग गरेको छ।
कृषि बिमासम्बन्धी कृषक अभिमुखीकरण, कृषकस्तर कृषि यान्त्रिकीकरण मर्मतसम्भार तथा मागमा आधारित कृषकस्तरीय तालिम गरी चारवटा कार्यक्रम सञ्चालन गरिनेछन्।
तालिममा सहभागी हुने कृषकको कुल संख्या भने सूचनामा खुलाइएको छैन।
छनोट भएका कृषकलाई नियमानुसार आउजाउ खर्च, दैनिक भत्ता र खाजा खर्च उपलब्ध गराइनेछ।
महिला, दलित, जनजाति, युवा कृषि उद्यमी तथा सम्बन्धित कृषि व्यवसायमा संलग्न व्यक्तिलाई प्राथमिकता दिइनेछ।
मंसिर ७ गते प्रकाशित सूचनाअनुसार सात दिनभित्र आवेदन दिनुपर्नेछ।
आवेदन स्थानीय तहको कृषि शाखा, कृषि विकास कार्यालय वा इमेलमार्फत बुझाउन सकिनेछ।
सम्पर्क : ०१०–५६०१२८
वेबसाइट : https://nuwakot.ado.gov.np
इमेल : [email protected]
९. नुवाकोटमा नौ विषयका आंशिक प्रशिक्षकको विज्ञसूची तयार गरिँदै
किस्पाङ गाउँपालिकाद्वारा सञ्चालित किस्पाङ बहुप्राविधिक शिक्षालयले विभिन्न नौ विषयमा आंशिक प्रशिक्षकका रूपमा अध्यापन गर्न इच्छुक योग्य व्यक्तिबाट विज्ञसूची (रोस्टर) मा नाम दर्ता गर्न आवेदन माग गरेको छ।
फार्मेसी, क्लिनिकल विषय, भौतिकशास्त्र, रसायनशास्त्र, अंग्रेजी, गणित, नेपाली, समाजशास्त्र र फार्मास्युटिकल म्यानेजमेन्ट विषयमा विज्ञसूची तयार गरिनेछ।
सम्बन्धित विषयमा सूचनाले तोकेको शैक्षिक योग्यता पुगेका व्यक्तिले मंसिर ८ गते प्रकाशित सूचनाको सात दिनभित्र शिक्षालयको प्रशासन शाखामा आवश्यक कागजातसहित नाम दर्ता गराउन सक्नेछन्।
सम्पर्क : ९८५१४१४५१०
यो निश्चित संख्यामा कर्मचारी नियुक्त गर्ने विज्ञापन नभई आवश्यकताअनुसार आंशिक प्रशिक्षकको सेवा लिन विज्ञसूची तयार गर्ने सूचना हो।
आवेदन दिनुअघि के ध्यान दिने?
निःशुल्क तालिम भए पनि सबै संस्थाको उमेर, शैक्षिक योग्यता, आवेदन प्रक्रिया र छनोटका सर्त एउटै छैनन्।
इच्छुक व्यक्तिले आफूलाई पायक पर्ने स्थान र रुचिको तालिम छनोट गरी सम्बन्धित निकायको मूल सूचना अध्ययन गरेर आवश्यक कागजातसहित समयमै आवेदन दिन सक्नेछन्।
कतिपय तालिममा खाजा भत्ता तथा तालिम सामग्री उपलब्ध हुने उल्लेख भए पनि सबै तालिममा आवास वा यातायात खर्चको व्यवस्था छैन।
अधिकांश शिक्षालयले तालिम सुरु हुने निश्चित मिति पछि सार्वजनिक गर्नेछन्।
रोजगारी, सीप, तालिम तथा उद्यमशीलताका खबरका लागि जीविको मिडियालाई फलो गर्नुहोस्।
