७५ जना स्वास्थ्य स्वयंसेविका माग, सात दिनभित्र आवेदन दिन सकिने

जीविको २०८३ असोज २८ गते ११:५४

सुनसरी र झापामा ७५ जना स्वास्थ्य स्वयंसेविका माग, सात दिनभित्र आवेदन दिन सकिने

काठमाडौं। जीवन विकास समाजले सुनसरी र झापा जिल्लाका विभिन्न स्थानीय तहमा काम गर्ने गरी ७५ जना स्वास्थ्य स्वयंसेविका माग गरेको छ।

मोरङको कटहरी–२ मा रहेको जीवन विकास समाजले सञ्चालन गरिरहेको WE CARE परियोजना अन्तर्गत समुदायमा स्वास्थ्य तथा पोषणसम्बन्धी सचेतना फैलाउने, परिवारसँग नियमित सम्पर्क गर्ने र स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले स्वयंसेविका माग गरेको हो।

संस्थाले २०८३ असोज २३ गते प्रकाशित गरेको सूचनाअनुसार सुनसरी जिल्लामा ४५ जना र झापा जिल्लामा ३० जना स्वास्थ्य स्वयंसेविका आवश्यक रहेको छ।

कुन–कुन ठाउँमा काम गर्नुपर्नेछ?

सुनसरी जिल्लाका इनरुवा, गढी, दुहबी, बर्जु, देवानगन्ज र हरिनगरका लागि ४५ जना स्वयंसेविका माग गरिएको छ।

त्यस्तै, झापा जिल्लाका बाह्रदशी, कनकाई, शिवसताक्षी, गौरीगञ्ज र गौरादहका लागि ३० जना स्वयंसेविका माग गरिएको छ।

कस्तो योग्यता चाहिन्छ?

आवेदन दिन इच्छुक महिलाले CMA वा ANM उत्तीर्ण गरेको अथवा सो सरह अध्ययन गरेको हुनुपर्नेछ। साथै, सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव आवश्यक रहेको सूचनामा उल्लेख छ।

आवेदकको उमेर २१ वर्षदेखि ४५ वर्ष ननाघेको हुनुपर्नेछ। साथै, आवेदक विवाहित महिला हुनुपर्ने व्यवस्था गरिएको छ।

स्थानीय स्तरमा स्वयंसेवी भावनाका साथ काम गर्न इच्छुक महिलालाई प्राथमिकता दिइने संस्थाले जनाएको छ।

कसरी आवेदन दिने?

योग्यता पुगेका इच्छुक महिलाले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र, बायोडाटा र अनुभवसम्बन्धी कागजातको प्रतिलिपि संलग्न गरी आवेदन दिनुपर्नेछ।

आवेदन संस्थाको इमेल [email protected] मा पठाउन वा जीवन विकास समाजको केन्द्रीय कार्यालय, कटहरी–२, मोरङमा बुझाउन सकिनेछ।

संस्थाका अनुसार आवेदन दिने समय सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अर्थात् २०८३ असोज ३० गतेसम्म रहेको छ।

प्राप्त आवेदनमध्ये प्रारम्भिक छनोटमा परेका उम्मेदवारलाई मात्र अन्तर्वार्ताका लागि बोलाइनेछ। छनोट प्रक्रिया सर्टलिस्ट र अन्तर्वार्तामार्फत हुनेछ।

स्वयंसेविकाले पाउने सेवासुविधा परियोजनाको नियमअनुसार हुने सूचनामा उल्लेख छ। सेवासुविधाको रकम भने खुलाइएको छैन।

थप जानकारीका लागि :

  • संस्था : जीवन विकास समाज
  • कार्यालय : कटहरी–२, मोरङ
  • सम्पर्क : ९८०२७९६०६८, ९७०५४६२९५५
  • इमेल : [email protected]

आवेदन दिनुअघि इच्छुक उम्मेदवारले संस्थाको आधिकारिक सूचना अध्ययन गरी आवश्यक कागजात तयार गर्न सक्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित