त्रिवि शिक्षण अस्पतालमा २० जना स्वास्थ्य प्राविधिकका लागि रोजगारीको अवसर, असोज ३१ सम्म आवेदन खुला

जीविको २०८३ असोज १९ गते ११:४१

फार्मेसी, प्याथोलोजी, रेडियोग्राफी, हेल्थ असिस्टेन्ट र न्यूरोइलेक्ट्रोफिजियोलोजीमा जनशक्ति माग, अनलाइनबाटै आवेदन दिन सकिने।

काठमाडौं। त्रिभुवन विश्वविद्यालयअन्तर्गत महाराजगन्जस्थित शिक्षण अस्पतालले विभिन्न पाँच पदमा २० जना स्वास्थ्य प्राविधिक कर्मचारी माग गरेको छ। अस्पतालले अस्थायी दरबन्दीमा करार सेवामार्फत कर्मचारी नियुक्त गर्न आवेदन आह्वान गरेको हो।

अस्पतालले २०८३ असोज १७ गते गोरखापत्रमा सूचना प्रकाशित गर्दै आवश्यक योग्यता पुगेका नेपाली नागरिकलाई असोज ३१ गतेसम्म अनलाइन आवेदन दिन आग्रह गरेको छ।

इच्छुक उम्मेदवारले अस्पतालको आधिकारिक अनलाइन आवेदन प्रणाली vacancy.tuth.org.np मार्फत आवेदन दिन सक्नेछन्।

कुन पदमा कति जनाको माग?

अस्पतालले पाँचवटा पदमा गरी जम्मा २० जना कर्मचारी माग गरेको छ। पदअनुसार आवश्यक संख्या र शैक्षिक योग्यता निम्नानुसार छन्।

१. मुख्य प्राविधिक सहायक (फार्मेसी) – ५ जना

त्रिभुवन विश्वविद्यालय वा मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।

२. मुख्य प्राविधिक सहायक (प्याथोलोजी) – ५ जना

त्रिभुवन विश्वविद्यालय वा मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।

३. मुख्य प्राविधिक सहायक (रेडियोग्राफी) – ५ जना

त्रिभुवन विश्वविद्यालय वा मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।

४. मुख्य प्राविधिक सहायक (हेल्थ असिस्टेन्ट) – ४ जना

त्रिभुवन विश्वविद्यालय वा मान्यता प्राप्त शिक्षण संस्थाबाट जनरल मेडिसिन विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।

५. न्यूरोइलेक्ट्रोफिजियोलोजी टेक्निसियन (मुख्य प्राविधिक सहायक सो सरह) – १ जना

मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूरोइलेक्ट्रोफिजियोलोजी विषयमा स्नातक तह उत्तीर्ण गरेको वा न्यूरोइलेक्ट्रोफिजियोलोजी टेक्नोलोजीमा डिप्लोमा कोर्स पूरा गरेको हुनुपर्नेछ।

आवेदन दिन आवश्यक कागजात

अस्पतालले अनलाइन आवेदन फाराम भर्दा निम्न कागजात अनिवार्य रूपमा अपलोड गर्नुपर्ने जनाएको छ।

  • एसएलसी वा एसईईदेखि माथिका सम्पूर्ण शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि।
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।
  • नेपाल स्वास्थ्य व्यवसायी परिषद् (काउन्सिल) मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि।
  • विदेशमा अध्ययन गरेका उम्मेदवारले शैक्षिक योग्यताको समकक्षता निर्धारण गरिएको प्रमाणपत्रको प्रतिलिपि।
  • पासपोर्ट साइजका दुई प्रति फोटो।

आवेदन शुल्क र उमेरको हद

अस्पतालका अनुसार आवेदन दस्तुर दुई हजार रुपैयाँ तोकिएको छ।

आवेदन दिन इच्छुक उम्मेदवारको उमेर कम्तीमा १८ वर्ष पूरा भएको र ४० वर्ष ननाघेको हुनुपर्नेछ।

कसरी आवेदन दिने?

इच्छुक तथा आवश्यक योग्यता पुगेका नेपाली नागरिकले अस्पतालको अनलाइन आवेदन प्रणालीमा गएर फाराम भर्नुपर्नेछ।

अनलाइन आवेदन: https://vacancy.tuth.org.np

आवेदन दिने अन्तिम मिति: २०८३ असोज ३१ गते

अस्पतालका अनुसार निर्धारित म्यादपछि प्राप्त भएका आवेदन फाराममाथि कुनै कारबाही हुने छैन।

परीक्षासम्बन्धी विस्तृत जानकारी अस्पतालको आधिकारिक वेबसाइटमा पछि प्रकाशित गरिनेछ।

आवेदन तथा पदपूर्तिसम्बन्धी थप जानकारीका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जको कर्मचारी प्रशासन शाखामा सम्पर्क गर्न सकिनेछ।

आधिकारिक वेबसाइट: https://www.tuth.org.np

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित