नि:शुल्क सीप परीक्षणका लागि जेठ २५ सम्म आवेदन दिन पाइने

जीविको २०८३ जेठ २४ गते ११:५०

नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, व्यावसायिक प्रशिक्षण केन्द्र इटहरीले नि:शुल्क सीप परीक्षण (Skill Test) को नयाँ समयसीमा तोकेको छ। केन्द्रले आज (जेठ २१ गते) दोस्रो पटक सूचना प्रकाशित गर्दै इच्छुक शिक्षार्थीहरूका लागि आवेदन दिने अन्तिम मिति तय गरेको हो।

यसअघि जेठ ८ गते प्रकाशित सूचना अनुसार विभिन्न समय र विषयमा आधारभूत तालिम (६५ कार्य दिन/३९० घण्टा) लिएका तर तह-१ को सीप परीक्षण नगराएका वा परीक्षणमा अनुत्तीर्ण भएकाहरूका लागि आवेदन आह्वान गरिएको थियो। अब इच्छुक आवेदकहरूले आगामी जेठ २५ गतेसम्म आवेदन दिन सक्नेछन्।

विशेष कुरा त के छ भने, इच्छुक आवेदकहरूलाई सहज होस् भन्ने उद्देश्यले बिदाका दिनहरू (जेठ २३ गते शनिबार र २४ गते आइतबार) समेत कार्यालय खुला राखी आवेदन लिइने केन्द्रले जनाएको छ।

आवेदनका लागि आवश्यक कागजातहरू:

१. नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल तथा प्रतिलिपि।

२. यसै केन्द्रबाट आधारभूत तालिम (६५ कार्य दिन/३९० घण्टा) लिएको प्रमाणपत्रको सक्कल तथा प्रतिलिपि।

३. हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति रंगीन फोटो।

सीप परीक्षण हुने विषयहरू:

केन्द्रका अनुसार निम्नलिखित १० भन्दा बढी विधाहरूमा सीप परीक्षण गराइनेछ:

  • विद्युत जडान (बेसिक)

  • ब्युटिसियन (बेसिक)

  • मोटरसाइकल मर्मत

  • प्लम्बिङ (बेसिक)

  • कटाई सिलाई (बेसिक)

  • जुनियर फिसरी टेक्निसियन (बेसिक)

  • मन्टेश्वरी

  • कम्प्युटर हार्डवेयर

  • फेसन डिजाइन

  • हेयर कटिङ

  • केयरगिभर

  • यस केन्द्रबाट ६५ कार्य दिन/३९० घण्टा अवधिको तालिम लिएका अन्य विषयहरू समेत।

योग्यता पुगेका इच्छुक सम्पूर्ण शिक्षार्थीहरूलाई तोकिएको समयभित्रै आवश्यक कागजात सहित आवेदन दिन केन्द्र प्रमुखले अनुरोध गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *