जलवायु संकटबारे रिपोर्टिङ गर्न पत्रकारलाई तालिमको अवसर

जीविको २०८३ जेठ २१ गते १०:३६

काठमाडौँ । खोज पत्रकारिता केन्द्र नेपाल — खोपके/CIJ Nepal ले पत्रकारहरूका लागि जलवायु संकटसम्बन्धी खोज पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ। भिकेश फाउण्डेशन, फिनल्याण्डको सहयोगमा आयोजना हुने यो तालिम जलवायु संकटसम्बन्धी विषयगत दक्षता अभिवृद्धिमा केन्द्रित हुने जनाइएको छ।

तालिममा सहभागी हुन इच्छुक पत्रकारले स्नातक तह उत्तीर्ण गरेको र कम्तीमा तीन वर्षदेखि पत्रकारितामा सक्रिय रूपमा काम गरेको हुनुपर्नेछ। आवेदन दिने अन्तिम मिति २०८३ असार १ गते अर्थात् १५ जुन २०२६ तोकिएको छ।

तालिम २०८३ असार ८ देखि १० गतेसम्म अर्थात् २२ देखि २४ जुन २०२६ सम्म काठमाडौँमा हुनेछ। तालिमपछि जलवायु संकटसम्बन्धी रिपोर्टिङका लागि फेलोसिप पनि प्रदान गरिने भएकाले आवेदनसँगै जलवायु संकटसँग सम्बन्धित कम्तीमा एउटा स्टोरी प्रस्ताव पठाउनुपर्ने सूचनामा उल्लेख छ।

इच्छुक पत्रकारले खोपकेको वेबसाइटमा रहेको फारम भरेर आवेदन दिन सक्नेछन्। स्टोरी प्रस्तावका लागि आवश्यक ‘Story Pitch’ फारम पनि खोपकेको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ। आवेदनसँगै व्यक्तिगत विवरण अर्थात् CV र आफूले गरेको रिपोर्टिङको लिंक वा फाइल संलग्न गर्नुपर्नेछ।

प्राप्त आवेदन स्वीकार वा अस्वीकार गर्ने अधिकार खोपकेको सम्पादक समूहमा रहने सूचनामा उल्लेख छ।

इच्छुक पत्रकारले लिंकमा दिइएको फारम भरेर पठाउनुहोस्👇
https://docs.google.com/…/1FAIpQLSckmVPnUMxSmf…/viewform

थप जानकारीका लागि खोज पत्रकारिता केन्द्र नेपाल, किरणभवन मार्ग, ललितपुरमा सम्पर्क गर्न सकिनेछ। फोन: ०१–५४४३०८५, इमेल: [email protected]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित