मधेश प्रादेशिक अस्पतालमा रोजगारीको अवसर

जीविको २०८३ जेठ १९ गते ९:२३

पर्सा — मधेश प्रदेशअन्तर्गतको प्रादेशिक अस्पताल पोखरियाले करार सेवामा विभिन्न पदका लागि जनशक्ति माग गरेको छ। अस्पतालले चालु आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मका लागि करारमा कर्मचारी भर्ना गर्न सूचना जारी गरेको हो।

अस्पतालले नवौं, आठौं, पाँचौं र चौथो तहका गरी १६ प्रकारका पदमा कुल १९ जना जनशक्ति माग गरेको छ। सूचना अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्।

अस्पतालले माग गरेका पदहरूमा जनरल फिजिसियन, जनरल सर्जन, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट, अर्थोपेडिक सर्जन, MDGP, फिजियोथेरापिस्ट, बालरोग विशेषज्ञ, मेडिकल अधिकृत, बायोमेडिकल सहायक, एनेस्थेटिक सहायक, स्टाफ नर्स, डायलाइसिस टेक्निसियन सहायक, मेडिकल रेकर्डर सहायक, ओटी असिस्टेन्ट सहायक र एएनएम सहायक छन्।

सूचनाअनुसार नवौं तहका विशेषज्ञ पदमा १/१ जना माग गरिएको छ। मेडिकल अधिकृतमा २ जना, स्टाफ नर्समा ३ जना र अन्य सहायक पदहरूमा १/१ जना माग गरिएको छ।

आवेदन दिन चाहनेले शैक्षिक योग्यता, तालिम, अनुभव, नागरिकताको प्रमाणपत्रलगायत आवश्यक कागजातको प्रतिलिपि पेश गर्नुपर्नेछ। दरखास्त फारम प्रादेशिक अस्पताल पोखरियाको प्रशासन शाखाबाट लिन सकिने र रीतपूर्वक भरी प्रशासन शाखामै बुझाउनुपर्ने सूचनामा उल्लेख छ।

परीक्षा दस्तुर नवौं तहका लागि रु. १,२००, आठौं तहका लागि रु. १,००० र पाँचौं तथा चौथो तहका लागि रु. ६०० तोकिएको छ। दस्तुर अस्पतालले तोकेको कार्यालय कोड र राजस्व शीर्षकमा राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गरी सक्कल भौचर निवेदनसँगै पेश गर्नुपर्नेछ।

छनोट प्रक्रिया अन्तर्गत चौथो, पाँचौं र आठौं तहका पदमा छोटो सूची प्रकाशन, लिखित परीक्षा र अन्तर्वार्ता हुनेछ। नवौं तहका पदमा भने अन्तर्वार्ता हुने सूचनामा उल्लेख छ।

अस्पतालले २०८३ असार ३ गते बुधबार कार्यालय समयमा सम्पर्क गर्न आग्रह गरेको छ। परीक्षा मिति भने सम्पर्क मितिमा तोकिनेछ। सेवा सुविधा मधेश प्रदेश सरकारको प्रचलित कानुनअनुसार हुनेछ।

थप जानकारीका लागि अस्पतालले मोबाइल नम्बर ९८५५०७०७६७ र इमेल [email protected] सार्वजनिक गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *