नेपाल प्रहरीमा आईटी र इन्जिनियरिङ क्षेत्रका ४५५ जनालाई रोजगारीको अवसर
नेपाल प्रहरीले सूचना प्रविधि, सञ्चार र इन्जिनियरिङ क्षेत्रमा कुल ४५५ जना प्राविधिक पदका लागि आवेदन माग गरेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै खुला तथा विभिन्न समावेशी कोटा समेटेर दरखास्त आह्वान गरेको हो।
१. सूचना तथा प्रविधि (IT) निर्देशनालय: ३३ जना
यस अन्तर्गत प्राविधिक प्रहरी निरीक्षक (सूचना प्रविधि/कम्प्युटर) मा ४, नायव निरीक्षकमा ७, सहायक निरीक्षकमा ७ र जवानतर्फ १५ जनाको माग छ।
-
योग्यता: निरीक्षकका लागि कम्प्युटर, सफ्टवेयर वा आईटी इन्जिनियरिङमा स्नातक वा बीएससी सीएसआईटी (BSc CSIT), बीआईटी (BIT), बीसीए (BCA) वा सो सरह।
२. सञ्चार निर्देशनालय: ३४६ जना
सबैभन्दा धेरै माग यसै क्षेत्रमा गरिएको छ। निरीक्षक (सञ्चार) मा ६, नायव निरीक्षकमा ५, सहायक निरीक्षकमा ५५ र जवानतर्फ २८० जनाको माग छ।
-
योग्यता: इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन वा टेलिकम्युनिकेसनमा स्नातक (निरीक्षकका लागि) देखि साधारण एसईई (जवानका लागि) सम्म।
३. भौतिक पूर्वाधार र सवारी महाशाखा: ७६ जना
-
भौतिक पूर्वाधार: ३३ जना (सिभिल, इलेक्ट्रिकल र आर्किटेक्ट इन्जिनियरहरू)।
-
सवारी महाशाखा: ४३ जना (अटोमोबाईल इन्जिनियर, सहायक निरीक्षक र जवानहरू)।
अनिवार्य उमेर हद:
-
प्रहरी जवान (प्राविधिक): १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको।
-
प्रहरी सहायक निरीक्षक (Asi): १८ वर्ष देखि २८ वर्षसम्म।
-
प्रहरी नायव निरीक्षक (Ssi): १८ वर्ष देखि ३० वर्षसम्म।
-
प्रहरी निरीक्षक (Inspector): २० वर्ष पूरा भई ३२ वर्ष ननाघेको।
आवेदन दिने विस्तृत तरिका तल दिइएको छ:
१. आवेदन दिने समय (Deadline)
-
प्राविधिक प्रहरी निरीक्षक, नायव निरीक्षक र सहायक निरीक्षकका लागि: २०८२/१२/२६ देखि २०८३/०१/२४ गतेसम्म (अनलाइन माध्यमबाट)।
-
प्राविधिक प्रहरी जवानका लागि: २०८२/१२/२६ देखि २०८३/०१/१७ गतेसम्म (तोकिएको स्थानमा स्वयं उपस्थित भएर)।
२. आवेदन दिने विधि (How to Apply)
क) निरीक्षक (Inspector), नायव निरीक्षक (SI) र सहायक निरीक्षक (ASI) का लागि:
यी पदहरूका लागि अनलाइन (Online) आवेदन दिनुपर्नेछ:
१. नेपाल प्रहरीको भर्ना पोर्टल careers.nepalpolice.gov.np मा जानुहोस्।
२. Registration प्रक्रिया पूरा गरी आफ्नो Username र Password बनाउनुहोस्।
३. लगइन गरेपछि आफ्नो व्यक्तिगत, शैक्षिक र अन्य विवरणहरू भर्नुहोस्।
४. मागिएका कागजातहरू स्क्यान गरी PDF वा JPG (फोटो र औँठा छापको हकमा) फम्र्याटमा अपलोड गर्नुहोस्।
५. प्रोफाइल १००% पूरा भएपछि मात्र आवेदन Submit गर्नुहोस्।
ख) प्राविधिक प्रहरी जवानका लागि:
यी पदहरूका लागि स्वयं उपस्थित भएर दरखास्त फारम बुझाउनुपर्नेछ। आफूलाई पायक पर्ने निम्न केन्द्रहरूमा गई फारम भर्न सकिन्छ:
-
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्रहरू।
-
काठमाडौँ उपत्यकाका जिल्ला प्रहरी परिसरहरू (काठमाडौँ, ललितपुर, भक्तपुर)।
३. आवश्यक कागजातहरू (Document Checklist)
आवेदन दिँदा निम्न कागजातहरू (सक्कलको डिजिटल स्क्यान वा फोटोकपी) तयार राख्नुहोस्:
-
नेपाली नागरिकताको प्रमाणपत्र।
-
शैक्षिक योग्यताका प्रमाणपत्रहरू: (चारित्रिक प्रमाणपत्र, ट्रान्सक्रिप्ट र प्रोभिजनल)।
-
फोटो: हालसालै खिचिएको पासपोर्ट साइजको फोटो (दुवै कान देखिने)।
-
समावेशी समूहका लागि: आदिवासी/जनजाति, मधेसी, दलित, पिछडिएको क्षेत्र वा अमर/अशक्त प्रहरी परिवारको प्रमाणित कागजात।
-
काउन्सिल दर्ता: इन्जिनियरिङ वा मेडिकल काउन्सिलमा दर्ता हुनुपर्ने पदका लागि सोको प्रमाणपत्र।
-
तालिम/अनुभव: सम्बन्धित ट्रेडमा सीप वा तालिम लिएको प्रमाणित कागजात।
४. दरखास्त दस्तुर र बुझाउने तरिका
| पद | दस्तुर (रु.) | थप समूह (प्रति समूह २०%) |
| प्राविधिक प्रहरी निरीक्षक | १,२०० | २४० |
| प्राविधिक प्रहरी नायव निरीक्षक | ७०० | १४० |
| प्राविधिक प्रहरी सहायक निरीक्षक | ५०० | १०० |
| प्राविधिक प्रहरी जवान | ३०० | ६० |
राजस्व बुझाउने तरिका:
-
अनलाइन: दरखास्त बुझाएपछि प्राप्त हुने Application ID अनुसार Connect IPS, eSewa, वा Khalti मार्फत सिधै बुझाउन सकिन्छ।
-
अफलाइन: पोर्टलबाट ‘Voucher’ डाउनलोड गरी तोकिएको बैंकमा गई नगद बुझाउन सकिन्छ।
