निःशुल्क कफी वारिष्टा र उद्यमशीलता तालिम खुल्यो चैत्र १८ गतेभित्र आवेदन दिनुपर्ने
नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र (MCSIPC), त्रिपुरेश्वरले आफ्नै उद्यम सुरु गर्न चाहने नेपाली युवाहरूका लागि चालु आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रम अनुसार निःशुल्क उद्यमशीलता विकास तालिमको आवेदन खुला गरेको छ ।
तालिमका विधा र सिट संख्या: केन्द्रले देहायका दुई विषयमा तालिम सञ्चालन गर्न लागेको हो: १. उद्यमशीलता विकास तालिम: ४० घण्टाको यो तालिमका लागि २१० जना प्रशिक्षार्थीको कोटा छुट्याइएको छ । २. कफी वारिष्टा उद्यमशीलता विकास कार्यक्रम: १६० घण्टाको यो विशेष तालिमका लागि ६० जनाको कोटा रहेको छ ।
यी दुवै तालिमहरू त्रिपुरेश्वर, काठमाडौँस्थित केन्द्रकै आफ्नै भवनमा सञ्चालन हुनेछन् ।
सहभागी हुन आवश्यक योग्यता:
- नागरिकता: नेपाली नागरिक हुनुपर्ने ।
- उमेर: १६ वर्ष पूरा भएको हुनुपर्ने ।
- शिक्षा: साधारण लेखपढ गर्न जान्ने ।
आवेदनका लागि चाहिने कागजातहरू:
अनलाइन आवेदन दिँदा निम्न कागजातहरूको इमेज फाइल (png, jpg वा jpeg) अपलोड गर्नुपर्नेछ:
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
- हालसालै खिचिएको पासपोर्ट साइजको फोटो ।
- शैक्षिक योग्यताको प्रमाणपत्र ।
- लक्षित समूह (विपन्न, दलित, अपाङ्गता आदि) मा पर्ने भए सो खुल्ने कागजात ।
- संक्षिप्त व्यावसायिक योजना (बढीमा २ पेजको) ।
मुख्य सर्तहरू:
- तालिम शुल्क: सहभागी प्रशिक्षार्थीले कुनै पनि शुल्क तिर्नु पर्दैन ।
- भत्ता: यो तालिममा सहभागी भएबापत प्रशिक्षार्थीलाई कुनै पनि प्रकारको दैनिक भत्ता वा अन्य सुविधा उपलब्ध गराइने छैन ।
- छनोट प्रक्रिया: योग्यता पुगेका आवेदकहरूमध्येबाट कार्यविधि बमोजिम कागजातको आधारमा प्रशिक्षार्थी छनोट गरिनेछ ।
आवेदन दिने अन्तिम मिति र प्रक्रिया: इच्छुक व्यक्तिहरूले सूचना प्रकाशित भएको मिति (२०८२/१२/०८) ले १५ दिनभित्र अर्थात् २०८२ चैत २२ गते (कार्यालय समय) भित्र आवेदन दिन सक्नेछन् ।
आवेदन दिने दुईवटा तरिका छन्: १. अनलाइन: केन्द्रको वेबसाइट www.mcsipc.gov.np मा गई “तालिम अनलाइन आवेदन” पोर्टलमा क्लिक गरेर वा सिधै https://apply.mcsipc.gov.np मार्फत फारम भर्न सकिन्छ । २. स्वयं उपस्थित भएर: यदि अनलाइनमा समस्या भएमा आवश्यक कागजातसहित त्रिपुरेश्वरस्थित केन्द्रको कार्यालयमा स्वयं उपस्थित भएर पनि आवेदन पेश गर्न सकिनेछ ।
थप जानकारीका लागि सम्पर्क: मोबाईल नम्बर: ९७४१६६३६५८ वेबसाइट: www.mcsipc.gov.np
सीप सिकेर आफ्नै देशमा उद्यमी बन्न चाहनेहरूका लागि यो एक उत्कृष्ट अवसर हो। थप यस्तै जानकारीका लागि जीविको मिडियासँग जोडिनुहोला
