कतारमा हुनुहुन्छ र नेपाल फर्किन चाहनुहुन्छ? दूतावासको सूचना हेर्नुहोस् !
मध्यपूर्वको वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै, कतारबाट साउदी अरबका विमानस्थलहरू प्रयोग गरी नेपाल फर्कन चाहने नेपाली नागरिकहरूका लागि नेपाली राजदूतावासले सूचना जारी गरेको छ।
यदि तपाईं वैध कतार आईडी (Qatar ID) बाहक हुनुहुन्छ र साउदी ट्रान्जिट भएर जान चाहनुहुन्छ भने निम्न प्रक्रिया पुरा गर्नुपर्नेछ:
-
पर्यटक भिसा (Tourist Visa): साउदी अरबको ट्रान्जिट प्रयोग गर्न पर्यटक भिसा आवश्यक पर्ने भएकाले, दोहास्थित ताशिर साउदी भिसा सेवा केन्द्र (Tasheer Saudi Visa Service Center) मार्फत आवेदन दिनुहुन अनुरोध गरिन्छ।
-
अप्वाइन्टमेन्ट: भिसा आवेदनका लागि पहिले अप्वाइन्टमेन्ट बुक गर्नुपर्नेछ।
-
स्थान: यो सेवा केन्द्र एजदान मल (Ezdan Mall), अल घराफा मा अवस्थित छ।
थप जानकारीका लागि: 📞 भिसा सेवा केन्द्र फोन नं.: ५०६६०६२२ (50660622) 🗓 सूचना जारी मिति: २०८२ फाल्गुन ३० (14 March 2026)
तपाईंको यात्रा सुरक्षित र सहज रहोस्। यो जानकारी कतारमा रहनुभएका अन्य साथीहरू माझ पनि पुर्याउन यो पोस्ट सेयर गरिदिनुहोला। 🙏
#NepalEmbassyDoha #QatarToNepal #SaudiTransit #TravelUpdate #NepaliInQatar #EmergencyUpdate

