फेरि खुल्यो निःशुल्क सीप सिक्ने अवसर, देशैभरीबाट आवेदन माग
राष्ट्रिय युवा परिषद्ले युवाहरुका लागि रोजगारमूलक सीप विकास कार्यक्रम संचालन गर्दै छ । छनोट हुनेले कृषीदेखि होटल तथा पर्यटनसम्म अनि निर्माण कार्यदेखि सूचना प्रविधीसम्म सीप सिक्ने अवसर प्राप्त गर्नेछन् ।
तपाईं कुन तालिम लिन चाहनुहुन्छ, सोही अनुसार अनलाइन आवेदन दिनसक्नुहुन्छ । आवेदन यही मङ्सिर ३० गतेसम्म बुझाउन सकिन्छ भने आवेदन प्रकृया सजिलैसँग अनलाइनबाट गर्न सकिन्छ ।
सुरु गरौँ, स्टेप-बाइ-स्टेप आवेदन प्रकृया:
सीप सिक्नका लागि आवेदन दिँदा तपाईंको पूरा नाम, स्थायी तथा हालको बसोबास ठेगाना, मोबाइल नम्बर, ईमेल लगायतका व्यक्तिगत विवरण उल्लेख गर्नुपर्ने हुन्छ भने कुन क्षेत्र अन्तर्गतको कुन तालिम लिन चाहानुहुन्छ, कति महिने वा घण्टे तालिम लिन चाहनुहुन्छ जस्ता प्रश्नको अनलाइन आवेदनमा दिइएको वैकल्पिक उत्तरमा टिक लगाउनुपर्ने हुन्छ । तपाईंको दुबै कान देखिएको पासपोर्ट साईजको फोटो, नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि लगायतका कागजातहरु पनि अनलाइन आवेदनमा अपलोड गर्नुपर्नेहुन्छ । याद गर्नुहोस्, यसभन्दा अघि कुनै तालिम लिएको भए उक्त्त विवरण पनि उल्लेख गर्नुपर्ने हुन्छ भने तालिम पछिको योजना पनि छोटकरीमा लेख्नुपर्नेहुन्छ ।
जम्मा २४ वटा प्रश्न रहेका छन्, जसको अधिकांश उत्तर टिक लगाउँदा हुन्छ भने केही प्रश्नको उत्तर भने छोटकरीमा लेख्नुपर्ने हुन्छ । तपाईंले १० मिनेटभित्र अनलाइनबाट आवेदन दिनसक्नुहुन्छ । आवेदन दिन लिंकमा क्लिक गर्नुहोस् ।
तपाईंलाई थप सहयोग आवश्यक भएमा हामीलाई फेसबुकमा म्यासेज गर्नसक्नुहुन्छ । सीप सिकेर स्वरोजगार हुन चाहनुहुन्छ भने आजै दिनुहोस् आवेदन ।
यस्तै अवसरका बारेमा थाहा पाउन जीविको डटकम हेर्दै गर्नुहोला अनि फेसबुकमा पनि हामीलाई फलो गर्नुहोला ।
थप जानकारीका लागि: सनमाया रम्तेल, शाखा अधिकृत, ९८५११३९६३२ / राष्ट्रिय युवा परिषद्