लोकसेवा आयोग मधेश प्रदेश र डब्लुडब्लुएफमा रोजगारीको अवसर
लोकसेवा आयोग मधेश प्रदेशले प्राविधिक तर्फ अधिकृत सातौँ तहमा २७ कर्मचारीको माग गरेको छ । आयोगले कृषि प्रसार अधिकृत, बागवानी अधिकृत मत्स्य अधिकृत, कृषि भेटनरी अधिकृत जस्ता पदहरूमा कर्माचारी मागेको हो । सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेकाहरूले आवेदन दिन सक्नेछन् । दरखास्त दस्तुर १ हजार रुपैयाँ लाग्नेछ भने समावेशी तर्फ निवेदन दिँदा ४ सय रुपैयाँ लाग्नेछ ।
लिखित तथा प्रयोगात्मक परीक्षामार्फत् कर्माचारी छनोट गरिने आयोगको प्रकाशित सूचनामा उल्लेक गरिएको छ । दरखास्त फाराम प्रदेश लोक सेवा आयोग, मधेश प्रदेशको वेबसाइट ppsc.p.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।
अनलाईन दरखास्त प्रणालीबाट फाराम Submit गरेपछि My Application मा Click गरि All Application मा Click गर्ने त्यसपछि आफूले Apply गरेको विज्ञापनको Pay Button मा Click गर्ने, बैंक Option मा राष्ट्रिय बाणिज्य बैंक वा नेपाल बैंक लिमिटेड चयन गर्ने र Online / Offline Payment मध्ये कुनै एक Option छनौट गरी भुक्तानी गर्न सकिन्छ ।
दरखास्तसँगै आवेदकले शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकता, सेवाको अनुभव आवश्यक पर्नेमा सम्बन्धित कार्यालय प्रमुखबाट प्रमाणित गराएको सक्कल प्रति तथा समावेशी एवं खुलातर्फ दरखास्त दिने उम्मेदवारको लागि पेश गर्नुपर्ने भनि उल्लेख गरिएका काजगातहरुको सक्कलका साथै प्रतिलिपि पेश गर्नु पर्नेछ ।
आवेदन असोज २४ गतेसम्म दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर कार्तिक १ गतेसम्म आवेदन दिन सकिनेछ ।
त्यस्तै, विश्व बन्यजन्तु कोषले पनि विभिन्न ४ पदमा कर्मचारीको आवेदन माग गरेको छ । कोषले सञ्चार अधिकृत, अनुगमन तथा मूल्याङ्कन अधिकृत, कार्यक्रम सहयोगी जस्ता पदमा आवेदन मागेको हो । आवेदन असोज २० गते (७ अक्टोबर, २०२३) सम्म दिन सकिनेछ । आवेदन प्रक्रियाबारे बुझ्न साथै आवेदन दिनका लागि https://www.wwfnepal.org/get_involved/careers/