रोजगारीको अवसर : टिचिङ अस्पतालमा ५० जना स्टाफ नर्सको माग
जीविको
२०८० भदौ २२ गते १२:५३
त्रिवि शिक्षण अस्पतालले ५० जना स्टाफ नर्सको लागि आवेदन माग गरेको छ । अस्पतालले करार नियुक्ति दिने गरि नर्सको माग गरेको हो । कम्तिमा पिसिएल नर्सिङ वा सो सरह उत्तीर्ण गरेकाहरूले आवेदन दिन सक्नेछन् ।
१८ वर्ष पूरा भई ४५ वर्षसम्मका महिलाहरूले आवेदन दिन सक्नेछन्। पुरूषहरूको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
आवेदन आगामी असोज ६ गतेसम्म दिन सकिनेछ भने छनोट परीक्षा असोज १३ गते सञ्चालन हुनेछ । आवेदनका लागि चिकित्सा शास्त्र अध्ययन संस्थानको वेबसाइट www.iom.edu.np/staffnurse2080/public मार्फत अनलाइन फाराम भर्न सकिनेछ ।
आवेदन दस्तुर १५ सय रूपैयाँ लाग्नेछ । अनलाइनबाट भरिने फारामको दस्तुर असोज ४ गतेभित्र हिमालयन बैंकमा रहेको संस्थानको खाता नम्बर ००२००५५५५७००१४ मा जम्मा गर्न पर्नेछ ।
हेर्नुहोस् सूचना
जीविको
२०८० भदौ २२ गते १२:५३
प्रतिक्रिया
सम्बन्धित