काठमाडौं महानगरपालिकाले कक्षा ११ लक्षित छात्रवृत्तिका लागि परीक्षा लिँदै

जीविको २०८० असार २४ गते १६:०५

काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने हरूका लागि परीक्षा सञ्चालन गर्ने भएको छ । छात्रवृत्तिका लागि लिइने परीक्षामा सहभागी हुन अनलाइन आवेदन असार २८ देखि साउन १२ गतेसम्म दिन सकिनेछ ।

परीक्षामा कक्षा १० को पाठ्यक्रममाबाट सयवटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिने महानगरले जनाएको छ प्रश्नहरू कक्षा १० को पाठ्यक्रमसँग मिल्दोजुल्दो हुने किसिमको हुनेछ ।  परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले यहि असार २८ गतेदेखि साउन १२ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।

महनागरले आगामी साउन २० गते छात्रवृत्तिका लागि परीक्षा सञ्चालन गर्नेछ ।

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *