कोशी प्रदेशले माग्यो १ सय ४९ स्थायी कर्मचारी

जीविको २०८० असार १५ गते १४:००

लोकसेवा आयोग कोशी प्रदेशले अधिकृत तह (सात र आठ) का लागि १ सय ४९ कर्मचारीको माग गरेको छ ।

आयोगले प्राविधिक तथा अप्राविधिक तर्फ अन्तर स्थानीय तह, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि दरखास्त आह्वान गरेको हो ।

आयोगले आठौँ तहमा मेडिकल अधिकृत, आयुर्वेद चिकित्सक, डेण्टल सर्जन, जनस्वास्थ्य अधिकृत सातौँ तहमा जनस्वास्थ्य अधिकृत, नर्सिङ अधिकृत, कम्यूनिटी नर्सिङ अधिकृत जस्ता विभिन्न पदहरूमा कर्मचारीको आवेदन माग भएको हो ।

त्यस्तै सातौँ तहका लागि इन्जिनियर, सहायक वन अधिकृत, शिक्षा अधिकृत, प्राविधिक अधिकृत पशु विकास अधिकृततर्फ मत्स्य विकास अधिकृत, लेखा अधिकृत, राजस्व अधिकृतमा, तथ्यांक अधिकृत जस्ता पदहरूमा कर्मचारीको आवेदन माग गरेको छ ।

आवेदन दिन चहानेले pcc.online.gov.np मार्फत आवेदन दिन सक्नेछन् ।

आवेदन दस्तुर १२ सय रुपैयाँ लाग्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ । समावेशी तर्फ भने प्रत्येक एक समूहको ४ सय रूपैयाँको दरले आवेदन दस्तुर लाग्नेछ । आवेदन यही असार ३१ गतेसम्म बुझाउन सकिनेछ भने दोब्बर दस्तुर तिरेर साउन ७ गतेसम्म बुझाउन पाइनेछ ।

पूरा सूचना पढ्नका लागि यहाँ क्लिक गर्नुहोस् !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *