नेपाल बैङ्क लिमिटेडमा ४६ स्थायी कर्मचारीको माग
नेपाल बैङ्क लिमिटेडले सहायक प्रबन्धक, सहायक, र सहायक आईटी पदका लागि आवेदन माग गरेको छ । टेलिकमले ८ जना सहायक प्रबन्धक (CA) साथै बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा गरि ३३ जना सहायक कर्मचारी साथै बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा गरि ५ जना सहायक आईटी गरि जम्मा ४६ जना कर्मचारीको आवेदन माग गरेको हो ।
जसअन्तर्गत सहायक पदका लागि बाग्मती प्रदेशमा ५ जना खुला, २ महिला र १ आदिवासी जनजाति गरि ८ जना, गण्डकी प्रदेशमा ७ जना खुला, २ महिला, १ आदिवासी जनजाति, १ मधेशी , १ दलित र १ पिछडिएको क्षेत्रबाट गरि १३ जनाको आवेदन माग गरिएको छ ।
त्यस्तै लुम्बिनी प्रदेशमा ५ खुला, १ महिला, १ आदिवासी जनजाति, १ मधेशी र १ पिछडिएको क्षेत्रबाट गरि ९ जना को आवेदन मागिएको छ ।
कर्णाली प्रदेशमा २ खुला र १ मधेशी गरि कुल ३ जना सहायकको आवेदन माग गरिएको छ।
सहायक आईटीको हकमा बाग्मती प्रदेशमा २ जना खुला र १ जना दलित साथै कर्णाली प्रदेशमा १ खुला र सुदूरपश्चिम प्रदेशमा १ महिला सहायक आईटीको माग भएको छ ।
सहायक प्रबन्धक पदका लागि सिए वा एसीसीए उत्तीर्ण भएको न्यूनतम शैक्षिक योग्यता चाहिने छ भने सहायक पदका लागि मान्यताप्राप्त संस्थाबाट स्नातक उत्तीर्ण भएको हुनुपर्ने छ ।
सहायक आईटीको हकमा आवेदकले सूचना तथा प्रविधि विषयमा न्यूनतम स्नातक उत्तीर्ण गरेको हुनुपर्ने नेपाल बैङ्कले बताएको छ । परीक्षा दस्तुर सहायक प्रबन्धकको लागि १ हजार रूपैयाँ र समावेशी तर्फ आवेदन दिए थप ४ सय रुपैयाँ लाग्नेछ भने । सहायक र सहायक आईटी पदका लागि ८ सय रुपैयाँ र थप समावेशीका लागि २ सय रुपैयाँ थप दस्तुर लाग्नेछ । त्यस्तै समावेशी तर्फ आवेदन दिन चाहनेले सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी वा सम्बन्धित आयोगबाट प्राप्त समावेशी प्रमाणित हुने कागजात पेश गर्नुपर्ने छ ।
दरखास्त फारम भर्न नेपाल बैङ्क लिमिटेडको वेबसाइट www.nepalbank.com.np मा गइ त्यहाँ रहेको careers मा रहेको apply बटनमा थिचेर दिइएको निर्देशन अनुसार भर्न सकिनेछ । सोही निर्देशनमा लेखिएअनुसारको नेपाल बैङ्कको इसेवा, खल्ती, फोनपे वा कनेक्ट आइपिएस् मार्फत आवेदन दस्तुर बुझाउन सकिनेछ ।
थप जानकारीका लागि [email protected] वा ०१-५३४७९९९
हेर्नुहोस् सूचना