नवप्रवर्तन अनुदान २०२३ का लागि आवेदन आह्वान
यदि तपाईंसँग सामाजिक, वातावरणीय र जलवायु चुनौतीहरूलाई सम्बोधन गर्न सक्ने कुनै दिगो वा नवीन विचार छ भने यो अवसर तपाईंका लागि उपयुक्त हुनसक्छ । क्रिएशन नेपालले युथ इनोभेसन ल्याब र साझेदार रेस्टलेस डेभलपमेन्ट नेपाल साथै सीडीएमएससँगको समन्वयमा कर्णाली प्रदेशका जलवायु स्मार्ट सोचकर्ता एवं उद्यमीहरूसँग आवेदन माग गरेको छ ।
यो आव्हान कर्णाली प्रदेशका १५ देखि २९ वर्ष उमेर समूहका युवा, जोसँग दिगो नवप्रवर्तनात्मक, सामाजिक, वातावरणीय र जलवायु चुनौतीलाई सम्बोधन गर्ने व्यावसायिक विचारहरू छन्, उनीहरूलाई प्रोत्साहन गर्न यो कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
यसबाट हुने फाइदाहरू :
उत्कृष्ट २० सोच /उद्यमीहरुले इन्क्युबेसन, मेन्टरशिप र नेटवर्किङका लागि प्लेटफर्म प्राप्त गर्नेछन् भने उत्कृष्ट ६ सोच /उद्यमीहरुले एक लाख २५ हजार रुपैयाँ नवप्रवर्तन अनुदान प्राप्त गर्नेछन् ।
अनलाइन आवेदन दिनका लागि कृपया यो लिङ्कमा जानुहोस्: APPLY
थप जानकारीको लागि: [email protected], +९७७- ९८०८१६०३४२ / ०१- ४५४००८५
आवेदनको दिने अन्तिम मिति २०८० जेठ २७ गतेसम्म
हेर्नुहोस् सूचना: