बजेट २०८०\ ८१ : आश लाग्दो छ, कार्यान्वयन प्रभावकारी होस् ! (अडियो)

जीविको २०८० जेठ १७ गते ११:२६

सरकारले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । बजेटमा कुल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति ल्याइएको ​​​​​​ छ । अनुसन्धान नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष स्थापना गर्न १ अर्ब रुपैयाँ छुट्याइएको छ । कोष सञ्चलन गर्न आवश्यक कानुन तर्जुमा गर्ने सरकारका विभिन्न निकायबाट हुने अनुसन्धान नवप्रवर्तन र आविष्कार सम्बन्धी कार्यक्रमलाई यसमा आबद्ध गर्दै लैजाने विषय पनि बजेटमा उल्लेख गरिएको छ । त्यस्तै प्रदेश र स्थानीय तहलाई कोष रकम जम्मा गर्न प्रोत्साहित गरिनेछ । नवप्रवर्तन आविष्कार र अनुसन्धानसम्बन्धी कार्यमा समन्वय एवम सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छुट्टै इकाई स्थापना गरिनेछ । बजेटमा लेखिएका यी विषयहरू स्वागतयोग्य छ भन्छिन् सभापति, स्टार्टअप एन्ड इनोभेसन फोरम (कार्यकारिणी सदस्य, नेपाल उद्योग वाणिज्य महासङ्घ) जूना माथेमा 

उनी भन्छिन्, “आत्मनिर्भर अर्थतन्त्रको आधार स्वदेशमै उत्पादन र रोजगार भन्ने नाराका साथ स्थानीय आर्थिक सम्भावनाका आधारमा उत्पादन र रोजगारीका अवसर वृद्वि गरी आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सबै स्थानीय तहमा राष्ट्रिय उत्पादन र रोजगार प्रवर्द्वन कार्यक्रम सञ्चालन गरिने‍ जस्ता कार्यक्रम सरकारले ल्याएको छ यो उत्साहित हुने नै विषय हो तर यसको कार्यान्वयन कस्तो हुन्छ भन्ने चाहिँ हेर्न बाँकी छ ।”

सुन्नुहोस् बजेटबारे जीविकोले जूनासँग गरेको अडियो कुराकानी : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *